बिएल संवाददाता
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ। सोमबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञहरूसँग छलफल गरेको हो ।
छलफलमा बोल्दै बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए। उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए।
उनले भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ। जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ। वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन्। त्यसैले यस विषयमा सोचौं। मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ। त्यसका विषयमा पनि सोचौं। र तेस्रो कुरा व्यवसायिक किसानहरूको पेरिफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं। नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि।’
साथै उनले आयातको भरले बाँच्न नसकिने बताए। उनले सिंगो नेपाली बाँच्नको लागि आयातले मात्रै नहुने बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया