बिएल संवाददाता
सत्तारूढ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर भ्रमपूर्ण समाचारहरू प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभिन्न स्रोतको हवाला दिँदै एमाले सचिवालय बैठकमा ओलीले ‘राजावादीको आन्दोलनमा भारतको भूमिका रहेको भनेर ब्रिफिङ गरेको’ भन्ने समाचारहरू बाहिरिएपछि एमालेले आपत्ति जनाएको हो।
सोमबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भनेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्।’
यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका एमालेको आरोप छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै विषय भए कुटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध छन्।’
विज्ञप्तिमा थप भनिएको छ, ‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो। संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयाशलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौं।’
त्यस्तै एमालेले परराष्ट्र नीति र वाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा कुनै समाचार या टिप्पणी प्रस्तुत गर्नुपूर्व पार्टीको आधिकारिक धारणा बुझेर मात्र प्रकाशन/प्रसारण गर्न आग्रह पनि गरेको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया