बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय पानी सम्मेलनमा बोल्दै उनले सिँचाई, खानेपानी, उर्जा र जलश्रोतलाई राम्रो ढंगले अध्ययन गरी कार्यान्वयन गर्नमा मन्त्रालय पछाडि परेको गुनासो छलफलमा आएको बताए।
उनले भने, ‘हाम्रो छिटो छरितो काम गर्न नीति ऐन कानुन चाहियो, त्यसैले हामीले जलश्रोतसम्बन्धी ऐन चाँडै पास हुने कुरा गर्यौं। सिँचाई होस्, खानेपानी होस्, उर्जा होस् या जलश्रोत, राम्रो ढंगले अध्ययन गरेर कार्यान्वयन गर्नुपर्छ। हामी कार्यान्वयनमा पछाडि छौं भन्ने सबैको कुरा आएको छ। हामीले ध्यान दिनुपर्ने विषय कार्यान्वयनको तहलाई छिटो छरितो समयअनुकुल छिटो छरितो गर्ने कुरामा दुई मत छैन। मलाई कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन ध्यान दिने र न्यायोचित वितरण गर्ने काम मन्त्रालयको हो।’
त्यस्तै उनले सबै राजनीतिक दलका नेताहरू र विज्ञहरू जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरेर यसबाट निम्तने जोखिमलाई न्यूनीकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको पनि जानकारी गराए।
उनले जलले मात्र विपद नल्याउने भन्दै सबैखाले जोखिममा हातेमालो गर्नको लागि अपिल समेत गरे।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया