बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार दिउँसो काठमाडौं ल्याउने तयारी भएको छ।
लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर ललितपुरको नख्खु कारागार लैजान लागिएको हो। लामिछानेलाई दिउँसो ३ बजेर १० मिनेटमा बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी भएको हो।
लामिछानेलाई कारागारबाट विमानस्थलसम्म सुरक्षाको समेत प्रवन्ध गरिसकिएको रुपन्देही प्रहरीले जनाएको छ।
गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले त्यहाँ सुविधाको अभाव भएपछि नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
अदालतले समेत कारागार सरुवाका लागि अनुमति दिएपनि गृहमन्त्रीको निर्देशनमा उनको स्थानान्तरण रोकिएको थियो। तर, गत हप्ता मानवअधिकार आयोगको टोलीको रुपन्देही कारागार भ्रमणपछि लामिछानेलाई कारागार सरुवा गर्न गृह प्रशासन बाध्य भएको हो।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका गत लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया