बिएल संवाददाता
नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार चलाउनको लागि मात्र नबनेको दाबी गरेका छन्।
आइतबार प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौति उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए।
‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्छन्’, पोखरेलले भने ।
पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशानामा राजा नभएर कांग्रेस र एमाले भएको दाबी गरे। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनको भनाइ छ।
नेपालको राजनीतिमा नेपाली कांग्रेसले संसद् विघटन गर्दा सदर हुने तर एमालेले गर्दा अमान्य हुने गरेको पोखरेलले गुनासो थियो। नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरा चरित्र देखिएको पोखरेलको गुनासो छ।
आज राजावादीहरूले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरे। पोखरेलले कूतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया