सोमबार, १८ अगस्ट २०२५

विपक्षीहरूले संसद अवरोध गर्ने

सरकारले हालैमात्र नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो। सत्ता पक्षकै नेताहरू र विपक्षी दलहरूले समेत त्यसको चर्को विरोध र आलोचना गरेका छन्।  बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी थिए।  उनीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुस-युक्रेन : ‘ब्ल्याक सी’ युद्ध नगर्ने सम्झौताले के अर्थ राख्छ?

विश्वमा सबैभन्दा धेरै खाद्यान्न उत्पादन र निर्यात गर्ने एउटा प्रमुख देश युक्रेन हो। त्यसपछिको हिस्सा रुसले ओगट्छ। र, रुस र युक्रनले ओगट्ने विश्वभरिको लगभग २७ प्रतिशत खाद्यान्न ढुवानी हुने एकमात्रै अन्तर्राष्ट्रिय सामुद्रिक मार्ग भनेको ब्ल्याक सी नै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी

पछिल्लो समय राजावादीहरूको आन्दोलन चर्किरहेको छ। उनीहरूले पनि १५ गते नै राजधानीमा शक्ति प्रदर्शन गर्दैछन्। र सोही दिन विपक्षीहरूले प्रदर्शन राखेका छन्।  यसैबेला सरकारले विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीहरू एकै ठाउँमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘याैन अरु कामजस्तै पेशा हाे, धर्म र राजनीतिकाे विषय हाेइन’

नेपालमा धर्मसँग जोडेर यौन श्रमलाई रोक्न सकिदैन। इन्द्र भगवानले पनि अप्सराहरु राखेको भन्ने छ। अव झन गृहमन्त्रालय, प्रहरी प्रशासन आक्रमण हुने, अभद्र व्यवहार भन्दा माथिको मुद्दा चलाउने हो कि भन्ने जोखिम बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजामा सत्ता छोड्न माग गर्दै हमासविरुद्ध प्रदर्शन

करिब १९ महिनाको युद्धपछि पहिलोपटक गाजा क्षेत्रमा हमासविरुद्ध प्रदर्शन भएको छ। इजरायल र हमासको युद्धपछि यति धेरै मानिस पहिलोपटक सडकमा आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलनको मौसम : सडकमा ‘शक्ति’ देखाउँदै ‘राजावादी’ र ‘गणतन्त्रवादी’

दुबै पक्षले काठमाडौं केन्द्रित गरेर आन्दोलनको घोषणा गरेपछि केही दिन राजधानी अस्तव्यस्त नै हुनेछ। चैत १५ मा राजावादीहरूले काठमाडौंमा प्रदर्शन र सभाहरू गर्ने घोषणा गरेका थिए। त्यसपछि समाजवादी मोर्चामा आवद्ध नेकपा माओवदी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादीले पनि प्रदर्शनको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिचन्द्रमा स्ववियु निर्वाचन आज

राजनीतिक पार्टीहरूमा धेरै नेताहरू जन्माएको यो देशै पुरानो क्याम्पस हो। क्याम्पस पढ्ने विद्यार्थीहरूको साझा संस्था मानिने स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि यहाँ नौ जना उम्मेदवार सभापतिका लागि भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभरकाे माैसम सुधार हुँदै

देशकाे माैसम सुधारिँदै गएकाे छ। देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदभार सम्हाल्दै शाक्यले भने ‘लोडसेडिङ हुँदैन’

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो। मंगलबार साँझतिर प्राधिकरणका कर्मचारीहरूको स्वागत पछि उनले पदभार ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान हटाएर थाइल्याण्ड जाँदै ओली, भेटे राजदूत

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्। यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौँ शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जान लागेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए। सोमबार विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण पनि स्वीकृत गरेको थियो। यसैबीच प्रधानमन्त्री ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता गठबन्धनको बैठकमा के भयो छलफल?

सत्तापक्षीय दलका शीर्ष नेताको बैठकमा सङ्घीय संसदमा विचारधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो। बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेलबर्नमा गुन्जियो नेपथ्य

अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ। त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ। यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा। कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्‍याए। उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए। उनले थप्दै लगे ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो। अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे। भुइँ थर्किन थाल्यो।

बिएल संवाददाता

बिएल संवाददाता - मेलबर्न

सिंहदरबारबाट १२ जना कुलमान समर्थक पक्राउ

कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका नेकपा बहुमतका १२ जना युवाहरूलाई प्रहरीले पक्राउ परेको छ। ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको निषेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान गए, हितेन्द्र आए

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको प्रष्टोक्ति- टीआरसीसँग कुलमान साटेका होइनौं

नेकपा माओवादी (केन्द्र)ले टीआरसीसँग नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नसाटेको स्पष्ट पारेको छ। पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुलमानलाई हटाउने सरकारको निर्णयपछि माओवादीविरुद्ध प्रायोजित दुष्प्रचार सुरु गरिएको दाबी गरे। विज्ञप्तिमा भनिएको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ। आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवाको तारिफ गरेर थाकिनन् सुजाता

नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन्। मंगलबार आफैंले लेखेको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन्। ‘२०४६ र २०६२/०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला  विकास भएका छन्। धेरै कुरामा परिर्वतन आएका छन्। ति कुराहरू पनि पुस्तकमा समेट्न खोजेको छु। अब प्रजातन्त्रलाई हामीले बलियो बनाएर यो देशको रक्षा गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटाएपछि देउवाले भने- ओलीजीलाई हाम्रो सपोर्ट छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरू जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन्। उनले भने,‘ओलीजी र कांग्रेसबीच समन्वय भएको छ। हामी जेलमा पनि सँगै बसेको हौं। हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं। त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ। अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं। अहिले सत्तामा सहकार्य गरिरहेका छौं। कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानका नाममा लोडसेडिङ हटाएको जस प्रचण्डले लिन खोजेः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मा‌ओवादीहरूले विद्युत प्राधिकरणमा वर्षौंदेखि भइरहेका कामलाई नजरअन्दाज गर्दै कुलमान आउने वित्तिकै चमत्कार भएजस्तो प्रचार गरेको टिप्पणी गरेका छन्। मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  बर्षौं लगाएर भएका कामलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको दाबी गरे। उनले प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै ‘प्रमिथस’ बन्न खोजेको आरोप लगाए। उनले कथा सुनाउँदै भने, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो। पृथ्वीका मान्छेहरूलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरूमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए। त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो। ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा सत्तारुढ दलको आकस्मिक बैठक, एजेन्डा गोप्य

सत्तारुढ दलहरूको बैठक सुरु भएको छ। मंगबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धन दलका नेताहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं