बिएल संवाददाता
त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव आज हुँदै छ। गत चैत ५ गते हुनुपर्ने चुनाव विद्यार्थी संगठनहरूबीचको विवादपछि रोकिएको थियो। विद्यार्थी संगठनहरूले कलेजको मूल गेटमै ताला लगाइदिएपछि रोकिएको चुनाव आज हुँदैछ।
राजनीतिक पार्टीहरूमा धेरै नेताहरू जन्माएको यो देशै पुरानो क्याम्पस हो। क्याम्पस पढ्ने विद्यार्थीहरूको साझा संस्था मानिने स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि यहाँ नौ जना उम्मेदवार सभापतिका लागि भिड्दैछन्।
नेपाल विद्यार्थी संघबाट गोविन्द कोइराला, अनेरास्ववियुबाट प्रमित विष्ट र अखिल (क्रान्तिकारी)बाट प्रदिप भट्ट चुनावमा उत्रिएका छन्। क्रान्तिकारीकै मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानियाँ पनि सभापतिका उम्मेदवार हुन्। त्यसैगरी क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल पनि प्रतिष्पर्धामा छन्।
सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवारका रुपमा भिड्दैछन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया