सोमबार, १८ अगस्ट २०२५

‘कारागारहरूको अवस्था सन्तोषजनक छैन, पुरुष कैदी बढी समस्यामा परे’- गृहमन्त्री

छलफलमा सहभागी गृहमन्त्री लेखकले भौतिक अवस्थासँगै महिला कैदीको थोरै ठाउँ भएपनि, पुरुष कैदीहरूलाई राख्नको लागि ५५ प्रतिशत स्पेसको अभाव रहेको बताए। उनले भने, ‘अहिलेको तथ्यांकले के देखाउँछ भने हाम्रो कारागारको जुन क्षमता छ त्यसको दोब्बर कैदीहरू बसाल्नुपर्ने अवस्था छ। हामीलाई चाहिने एकसय कोठा हो तर ४५ कोठामा काम चलाउनु परिरहेको अवस्था छ। भएका कारागारहरूको अवस्था पनि जिर्ण छ। सानोतिनो भूकम्प आयो भने पनि भत्किने सम्भावना उच्च छ।’ उनले हिरासतको स्थलगत अनुगमन गरेसँगै सुधारका लागि मन्त्रालय अगाडि बढिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई ज्ञानेन्द्र शाहीको जवाफ: भुइँ छोड्नुभयो, तपाईंको पतन निश्चित छ

उनले राजाबारे धारणा बुझ्ने हो भने नेपाली काँग्रेसभित्र चुनाव गराउन पनि देउवालाई सुझाव दिएका छन्। आइतबार एउटा कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा हुन पनि लायक नभएको बताएका थिए।  त्यसको सट्टामा बरु उनलाई आफ्नै पार्टीको सभापति बनाउन पनि देउवाले राप्रपालाई सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जडीबुटी कम्पनीले गण्डकीमा अदुवा र बेसाको खेती गर्दै, अर्थतन्त्र सुधार्ने विश्वास

‘हामीले बेसार र अदुवालाई टेण्डरमार्फत किन्ने होइन कि आफैंले खेती गर्ने हो। यसो गर्नाले किसान दाजुभाइहरूले काम पाउनुहुन्छ र गुणस्तरीय सामान पनि हुन्छ’, उनी भन्छिन्, ‘हामीले स्वदेशमा उत्पादन गरेको गुणस्तरीय प्रोडक्ट विदेश निर्यात गर्दा हाम्रो अर्थतन्त्र पनि सुधार आउने विश्वास लिएका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देश विकासको गतिमा अगाडि बढेको छः प्रधानमन्त्री

आइतबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरोः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा बोल्दै उनले देश विकासको गतिमा अगाडि बढेको दाबी गरेका हुन्। उनले भने, ‘समस्याहरू छन्, ‘तिनको कारण छ र समाधान पनि छ’ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए। उनले भने,‘हामीले थुप्रै मेडिकल कलेजहरु बनायौं। प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं। कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्। त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ।  सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ। हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो। हामी भावनात्मक ढंगले चल्नु हुँदैन, अहिले जति पनि समस्याहरू छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फरार बजरंगी बाबा भन्छन्- म भागेकै छैन, मिडियाहरू दलाल हुन् (भिडियोसहित)

औरही गाउँपालिका-५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ। आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए। यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ मात्रै प्रहरीले पक्राउ गरेको थियो। बजरंगी बाबा भने अझै फरार छन्। उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

काठमाडौं महानगरको कार्यपालिका बैठक बोलाउन वडाअध्यक्षहरूको माग

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगतले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समतामूलक समाज निर्माणमा सरकारको तदारूकता चाहियोः राष्ट्रपति

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपलब्ध स्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्‍त हुने बताएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे। उनले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावनाबमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारबाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वाकीटकी प्रयोगमा प्रतिबन्ध लगाइएको हो? विभाग भन्छ- होइन, नियन्त्रण गर्छौं

वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए। ‘हामीले वाकीटकीमा प्रतिवन्ध लगाउन खोजेको भन्ने सन्देश बाहिर गएछ। त्यसो गर्न खोजिएको होइन। विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाललगायतका माध्यमहरूमार्फत विज्ञापन समेत गरी बेचबिखन भइरहेको जानकारी आएपछि त्यसलाई नियन्त्रण गर्न खोजेका हौं,’ उनले भने। वाकीटकीलगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको पाइएपछि रोक्ने प्रयास गरिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाको टिप्पणी- ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले अध्यक्ष बनाइदिए हुन्छ

उनले राजा बोकेर हिँडेको राप्रपाले पूर्वराजालाई बरू पार्टी अध्यक्ष बनाइदिए हुने सुझाव दिए। उनले राजा बोकेर हिँडे राप्रपाले पनि दुःख पाउने दाबी गरे। उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’ उनले थपे, ‘यिन (ज्ञानेन्द्र)को बानी के छ भने टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचपोखरी तीनजुरे: यात्राको उत्कृष्ट गन्तव्य (फोटो फिचर)

तेह्रथुमको लालीगुराँस नगरपालिका-७ स्थित पाँचपोखरी तीनजुरे, पर्यटकीय दृष्टिकोणबाट एक उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ। यहाँको शान्तिपूर्ण वातावरण र प्राकृतिक सौन्दर्यले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पाँचपोखरी तीनजुरेमा अवस्थित तीन पोखरीहरूको रमणीय दृश्य र आसपासको हरियालीले यात्रुलाई अनौठो अनुभव दिन्छ। यो स्थलको अद्भुत प्राकृतिक वातावरण र सांस्कृतिक महत्त्वले यसलाई तेह्रथुमको एक प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षणको प्रयासले यस क्षेत्रलाई थप समृद्ध बनाएको छ। पाँचपोखरी तीनजुरे, अब यात्राको उत्कृष्ट गन्तव्यको रूपमा विकसित भइरहेको छ, जसले पर्यटकीय क्षेत्रलाई नयाँ ऊचाइमा पुर्‍याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, भत्किएला एमालेको किल्ला?

पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ। १६ वर्षसम्म हुन नसकेको निर्वाचन चैत ५ गते गर्ने तयारी भएपनि फेरि विवाद हुँदा चैत १० गतेका लागि तय भएको थियो। आज भने बिहान ८ बजेबाट मतदान सुरु भएको छ। १६ वर्षपछि क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछ। निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलका अनुसार क्याम्पसमा ७ हजार ४ सय विद्यार्थी मतदाता छन्। क्याम्पस अनेरास्ववियुको गढ मानिन्छ। पीएन क्याम्पसमा यसपटक स्ववियु सभापतिका लागि ८ जना दाबेदार छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड कुर्दै ओली-देउवा, काठमाडौं आउनेवित्तिकै छलफलको तयारी

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्ने तयारी भएको बालुवाटार स्रोतले बतायो। प्रचण्ड यतिबेला तराई मधेस जागरण अभियानमा छन्। उनी आइतबार साँझ काठमाडौं फर्किने तयारीमा रहेको खुमलटार स्रोतले बतायो। स्रोतका अनुसार शीर्ष नेताहरूबीच टीआरसीको विषयमा मात्र छलफल हुनेछ। अन्य विषयमा माओवादीले छलफल नगर्ने स्रोतको दाबी छ। बालुवाटार स्रोतले भने उनीहरूबीच टीआरसीको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रम र राजावादीहरूको सक्रियताबारे पनि छलफल हुने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महायज्ञका नाममा दलितमाथि ज्यादती: गाउँपालिका अध्यक्षसहित तीनविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। शनिबार दलित अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन्। औरही गाउँपालिका-५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ। औरहीका स्थानीयवासीसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

बसको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्डअन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४४१ नम्बरको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा लक्ष्मीनियाँ गाउँपालिका-१ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिँहले जानकारी दिए। बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सरकार कटिबद्ध छ। हामीले जनताको स्वास्थ्यको रक्षा गर्न कुनै पनि अवरोध सहनेछैनौं। अनियमित सेवा प्रदायकहरूलाई कारबाहीको भागीदार बनाइनेछ,’ सिंहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजावादी’को आन्दोलनबारे रणनीति बनाउँदै काँग्रेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नेपाली काँग्रेस अहिले मुख्य साझेदार हो। नेकपा एमालेले समेत राजावादीहरूका विरुद्ध चरणवद्ध आन्दोलनहरू घोषणा गरिसकेका छ। यसअघि नेकपा एमालेकै पहलमा ‘गणतन्त्रवादी राजनीतिक दलको संयुक्त आन्दोलन’ घोषणा गर्न नेपाली काँग्रेसले मानेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले ‘प्रचण्ड नै चाहिन्छ’ भन्न थालिसके, ०८४ मा कांग्रेस-एमालेको दिन सकिन्छः प्रचण्ड

उनले आफूप्रति जनताको सद्भाव बढेको दाबी गर्दै जनताले प्रचण्ड नै चाहिन्छ भन्न थालेको दाबीसमेत गरे। उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ। जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्। तपाईंहरुले सुन्नुभएकै होला। त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ।’ उनले भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा कांग्रेस र एमालेनिकट सङ्गठनहरूलाई समेत आफ्ना विद्यार्थी संगठनले सखाप पारेको दाबी गरे। उनले कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रीत रहेको दाबी पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कम्युनिष्ट पार्टीमा दलाल पुँजीपति बाहेक कोही छैनन्ः झलनाथ

उनले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गका दलालीहरू मात्र रहेको बताए। उनले भने, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ। तर कम्युनिष्ट पार्टीका नाम राखेपनि तिनीहरू वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्ने बाहेक अरु कोही पनि छैनन्। यही कमिसनको भोकले नेताहरू एकपछि अर्को विक्री भइरहेको, कमिशनखोरहरूले उनीहरूलाई खरिद गरिरहेका छन्। जसका कारण देशमा विकृती र विसंगती बढ्दै गएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा गोरखामा, राजावादीहरू नारायणहिटीमा

र्‍यालीका क्रममा राजावादीहरूले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरू पनि लगाएका थिए। र्‍याली अघि बढ्ने क्रममा प्रहरीले पटक-पटक अवरोध गरेको थियो। यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो। सोही दिनबाट हौसिएका राजवादीहरूले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन्। तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा पूर्वराजा भने गोरखा भ्रमणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं