बिएल संवाददाता
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ।
१६ वर्षसम्म हुन नसकेको निर्वाचन चैत ५ गते गर्ने तयारी भएपनि फेरि विवाद हुँदा चैत १० गतेका लागि तय भएको थियो। आज भने बिहान ८ बजेबाट मतदान सुरु भएको छ। १६ वर्षपछि क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछ।
निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलका अनुसार क्याम्पसमा ७ हजार ४ सय विद्यार्थी मतदाता छन्।
क्याम्पस अनेरास्ववियुको गढ मानिन्छ। पीएन क्याम्पसमा यसपटक स्ववियु सभापतिका लागि ८ जना दाबेदार छन्।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य समुह)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन्।
त्यस्तै अखिल छैटौं, प्राज्ञिक विद्यार्थी परिषदकाका पनि आ-आफ्नै उम्मेद्वार छन् भने २ जना स्वतन्त्र उम्मेद्वार पनि छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया