बिएल संवाददाता
सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। शनिबार दलित अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन्।
औरही गाउँपालिका-५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।
आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए।
यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ मात्रै प्रहरीले पक्राउ गरेको थियो। बजरंगी बाबा भने अझै फरार छन्। उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
यता फरार भनिएका बाबाले भने पत्रकार सम्मेलन गरेर आफू भागेको नभइ दलाल मिडियाहरूले हल्ला फैलाएको दाबी गरे। उनले केही मिडियाहरूको नाम नै तोकेर ती दलाल मिडियाहरूको नास निश्चित रहेको दाबीसमेत गरे।
उनले भने, ‘म किन भाग्छु? चोरी डकैती गरेको छु र? यी दलालहरूको सर्वनास हुन्छ। भएन भने मेरो नाम बजरंगी बाबा नै होइन्।’
यता सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले भने पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानूनी कारवाही प्रक्रिया अगाडि बढेको बताएका छन्।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया