
‘राजतन्त्र भूत हो, भूत भ्रम मात्रै हो’- बाबुराम
जनकपुर पुगेका भट्टराईले भूतको भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँचने दाबी गर्दै उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नभएको टिप्पणी गरे। उनले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ। राजतन्त्र भूत हो- भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’

बिएल संवाददाता - जनकपुरधाम