बिएल संवाददाता
युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ।
शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो।
स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएको बताएको छ। बेलायती मिडिया आउटलेट स्काई न्यूजका अनुसार पहिले नै हवाई उडानमा रहेका १२० सहित १,३०० भन्दा बढी उडानहरू प्रभावित भएका छन्।
अर्को सूचना नभएसम्म यात्रुहरूलाई विमानस्थलमा यात्रा नगर्न सल्लाह दिइएको छ। विमानस्थलका प्रवक्ताले बिजुली कहिले सुचारु हुन्छ भन्ने अझै स्पष्ट नभएको बताएका छन्। हिथ्रो विमानस्थलबाट वर्षमा आठ करोडभन्दा बढी यात्रुले यात्रा गर्छन्।
विमानस्थलबाट करिब २.४ किलोमिटर टाढा लागेको सबस्टेशनमा आगलागीका कारण नजिकैका करिब १६ हजार घरहरू पनि बिजुलीविहीन भएका छन्।
लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको हेसको सबस्टेशनमा आगलागी भएको बताएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया