बिएल संवाददाता
उत्तरी मेसेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ। त्यस्तै एकसय बढीलाई अस्पताल भर्ना गरिएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको थियो।
क्लबको भवनमा एउटा मात्र प्रवेश र बाहिर निस्कने बिन्दु रहेकाले कोलाहल मच्चिएको थियो। अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बुझिएको बताएका छन्।
स्थानीय प्रहरीले कम्तिमा १५ जनालाई सोधपुछको लागि हिरासतमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ। उत्तरी मेसेडोनियाले सात दिनको शोक घोषणा समेत गरेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया