बिएल संवाददाता
उत्तरी मेसेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ। त्यस्तै एकसय बढीलाई अस्पताल भर्ना गरिएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको थियो।
क्लबको भवनमा एउटा मात्र प्रवेश र बाहिर निस्कने बिन्दु रहेकाले कोलाहल मच्चिएको थियो। अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बुझिएको बताएका छन्।
स्थानीय प्रहरीले कम्तिमा १५ जनालाई सोधपुछको लागि हिरासतमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ। उत्तरी मेसेडोनियाले सात दिनको शोक घोषणा समेत गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया