सोमबार, १८ अगस्ट २०२५

पाँच लाख विद्यार्थी आजदेखि एसईई दिँदै, जापानबाट पनि सहभागी

गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चौतर्फी विरोध भएपछि कांग्रेस मुख्य सचेतकले मागे माफी

नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफी मागेका छन्। गत आइतबार देशको विकास र पर्यटकहरूको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए। यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाटै उनले माफी मागेका हुन्। उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरू हुन्। यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन। यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई ‘विकासशील राष्ट्र’मा अपग्रेड गर्न अर्थ मन्त्रालयमा बैठक

अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालले गर्नुपर्ने कार्यहरूलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरूलाई निर्देशन दिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले संक्रमणकालीन रणनीतिहरूलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए। बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोडसेडिङ हटेकोमा कुलमानलाई होइन भारतलाई धन्यवाद दिनुपर्छः उर्जामन्त्री

ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपालबाट लोडसेडिङ कहिल्यै पनि नहटेको दाबी गरेका छन्। उनले अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताए। उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन। लोडसेडिङ छ। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो। खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। म‍ दाबीका साथ भन्न सक्छु। अहिले भर्खरै पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्तमान संविधानअनुसार एउटै पार्टीले बहुमत ल्याउन गाह्रो छः देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए। बुधबार कांग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए। उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो। तर यो संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ। त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन टाउकेहरूले आफूलाई ‘छोटे राजा’ देखाउन थाले: बाबुराम भट्टराई

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरूलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए। उनले भने, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन्। तिनीहरूले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन्। संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ। तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन्। अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ। समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू चुनाव रोक्न उच्च अदालतको आदेश

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले नेविसंघका नेता विष्णुबहादुर बडैलाको दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै निर्वाचन रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। यसअघि पनि नेविसंघको तालाबन्दीले चैत ५ गते हुनुपर्ने निर्वाचन ८ गतेका लागि सरेको थियो। ८ गतेको निर्वाचन पनि रोक्न आदेश दिएको अदालतले चैत ७ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि भारतीय दूतावासद्वारा २४ किलो चाँदी हस्तान्तरण

असनमा बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो। भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए। साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे। उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ। यसको पुनर्निर्माणको काम सकिने भनेर मिति तोकिएको छ। आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु। यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन मिचे भिसा रद्द गरेर देश निकाला गर्छौं- अमेरिका

अमेरिकी भिसा जारी भइसकेपछि पनि त्यसको जाँचबुझ नरोकिने भन्दै दूतावासले अमेरिकी कानुन र आप्रावसन सम्बन्धि कानुनहरूको पालनाबारे भिसाबाहकहरूलाई चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ करोड कसको हो? नाइकेसम्म पुगोस् सरकारः रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडिका प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगेर उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले भने, ‘अवैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छु। कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियालाई समाउने, जो धनी छ त्योसम्म नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहान्छु। भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो अहिले पनि सरकार त्यसैगरि अन्तिमसम्म नपुगेर ड्राइभर र भरियालाई मात्र समाएर नाइकेलाई समाउन सफल भएन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ। त्यसैले सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगोस्, जुन तहको भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याओस भनेर अनुरोध गर्न चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदेशीय सिरिजमा चौथो भएर फर्कियो नेपाली महिला टोली

वुमन्स डे महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किको छ। बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरू नेपाल फर्किएका हुन्। प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए। विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरू भएको बताईन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गाको दाबी- ट्रकमा भेटिएको २५ करोड माओवादीको हो

राजावादी आन्दोलनका हर्ताकर्ता दुर्गा प्रसाईंले सोमबार ट्रकसहित बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा माओवादीका नेताहरूको भएको दाबी गरेका छन्। बुधबार राजतन्त्र फर्काउने आन्दोलनको आगामी यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पैसा बोकेर चीन जाने क्रममा टोखाबाट बरामद भएको रकम तस्करीमा ठूलै नेताहरूको हात रहेको दाबी गरेका हुन्। उनले त्यो रकम चीन जाने र चीनबाट सुन ल्याएर नेपालको बाटो हुँदै भारत तस्करी हुने दाबीसमेत गरे। उनले भारतलाई नेपालबाट तस्करीमा सबैभन्दा धेरै खतरा रहेको भन्दै यसअघि नै जानकारी गराएको पनि भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ करोड बरामद घटनाको छानबिनका लागि समिति गठन गर्न माओवादीको माग

सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि समिति गठनको माग गरेका हुन्। उनले भने, ‘यो सरकारप्रति प्रतिपक्षको आसंका छ। यो घटनाले संगठिन अपराधको जालो कुन स्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र बाहिर आएको छ। यो घटनाप्रति हाम्रो पार्टीको तर्फबाट ध्यानाकर्षण भएको छ। यो यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन। त्यसैले गम्भीर रुपमा छानबिनको लागि माग गर्दछौं। अहिलेसम्म यस्त घटनामा संलग्न भरिया र ड्राइभर मात्रै पक्राउ परेका छन्। ठूलो काण्ड ढिसमिस पार्ने गरिएको छ राजस्व अनुसन्ध प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भए पनि कारबाही गर्न माग गर्छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजा-महाराजा’लाई जनताले इतिहास बनाइसके, संविधानमाथि प्रश्न उठाउने दुश्साहस नगरोस्’- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् ।  मंगलबार २७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरूलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए। जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वविद्यालयलाई दलहरूले ताण्डव प्रस्तुत गर्ने ठाउँ बनाए: सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरूले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेको बताएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठक पश्चात उनले विश्वविद्यालयलाई दलहरूले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताईन्। दलहरूले आफू सभापति महामन्त्री बन्न विद्यार्थीहरूलाई सिँढीको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानेश्वर क्याम्पस अखिल ‘क्रान्तिकारी’को कब्जामा

बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन्। मंगलबार सम्पन्न मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका निराजन कार्कीले १४९ मत पाए। उनी प्यानलैसहित विजयी भएका हुन्। स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एससीटीले ल्यायो ‘एससीटी स्मार्ट वेनस्डे’ अफर

नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी स्मार्ट वेनस्डे अफर सुरु गर्दै छ। यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन्। यसको लागी भुक्तानी गर्न एससीटी-यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नुपर्नेछ। यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोरखा क्याम्पसमा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै अखिल (क्रान्तिकारी)को प्यानलै विजयी

गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन्। अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए। त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन्। उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन्। बोहराले १७१ मत ल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

ज्ञानेन्द्र शाह गाेरखा जाने, मनकामनामा पूजा गर्ने

गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनले दिएकाे सन्देशलाई लिएर अहिले राजनीतिक ध्रुबिकरण र बहस बाक्लिरहेका बेला उनी फेरि भ्रमणमा निस्किन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउखुरी क्याम्पसमा पनि ‘स्वतन्त्र’ विद्यार्थी बिजयी

सभापतिमा निर्वाचित मिलनले ४४६ मत प्राप्त गरे। अखिल संयुक्तका सम्भु जिसीले २५७ मत प्राप्त गरेका छन्। उनलाई अनेरास्ववियु, क्रान्तिकारी तथा समाजवादीका विद्यार्थी संगठनहरूले समर्थन गरेका थिए। नेपाल विद्यार्थी संघका उम्मेदवार राजन भुषालले २४२ मत पाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं