बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले २५ करोड बराबरको अवैध रकम बरामद भएको घटनाको छानबिन गर्न विशेष छानबिन समिति बनाउन माग गरेको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि समिति गठनको माग गरेका हुन्।
उनले भने, ‘यो सरकारप्रति प्रतिपक्षको आसंका छ। यो घटनाले संगठिन अपराधको जालो कुन स्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र बाहिर आएको छ। यो घटनाप्रति हाम्रो पार्टीको तर्फबाट ध्यानाकर्षण भएको छ। यो यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन। त्यसैले गम्भीर रुपमा छानबिनको लागि माग गर्दछौं। अहिलेसम्म यस्त घटनामा संलग्न भरिया र ड्राइभर मात्रै पक्राउ परेका छन्। ठूलो काण्ड ढिसमिस पार्ने गरिएको छ राजस्व अनुसन्ध प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भए पनि कारबाही गर्न माग गर्छौ।’
मंगलबार २५ करोडसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया