बिएल संवाददाता
राजावादी आन्दोलनका हर्ताकर्ता दुर्गा प्रसाईंले सोमबार ट्रकसहित बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा माओवादीका नेताहरूको भएको दाबी गरेका छन्।
बुधबार राजतन्त्र फर्काउने आन्दोलनको आगामी यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पैसा बोकेर चीन जाने क्रममा टोखाबाट बरामद भएको रकम तस्करीमा ठूलै नेताहरूको हात रहेको दाबी गरेका हुन्।
उनले त्यो रकम चीन जाने र चीनबाट सुन ल्याएर नेपालको बाटो हुँदै भारत तस्करी हुने दाबीसमेत गरे। उनले भारतलाई नेपालबाट तस्करीमा सबैभन्दा धेरै खतरा रहेको भन्दै यसअघि नै जानकारी गराएको पनि भनेका छन्।
उनले भने, ‘हिजो हेर्नुस् २५ करोड रुपैयाँ ट्रकमा पक्राउ पर्यो, त्यो पैसा नेता र सुन तस्करको पैसा हो। त्यो पैसा कसको हो भन्नुपर्छ भने मै भनिदिउँला- त्यो पैसा भनेको माओवादी निकट खाने तिब्बतीयन नागरिकको हो। त्यो पैसा चीन जान्थ्यो, त्यहाँबाट सुन आउँथ्यो, त्यो सुन भारत जान्थ्यो। मैले भारतलाई पनि यही जवाफ दिएको थिएँ- सबैभन्दा ठूलो तस्करको स्रोत, तस्करको इपिसेन्टर भनेकै तिमीहरूको देशलाई खतरा नेपालबाट छ भनेर मैले पहिले नै भनेको थिएँ। त्यो कुरा हिजो प्रुभ भयो कि भएन?’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया