बिएल संवाददाता
दाङ देउखुरीको देउखुरी बहुमुखी क्याम्पसमा ‘स्वतन्त्र विद्यार्थी’को समूहले जितेको छ। सोमबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मिलन चौधरीले अरु दलीय विद्यार्थी संगठनलाई हराउँदै स्ववियु सभापतिमा बिजयी भएका हुन्।
मिलनले नेतृत्व गरेको ‘स्वतन्त्र विद्यार्थी’को पूरै प्यानलले जितेको छ।
सभापतिमा निर्वाचित मिलनले ४४६ मत प्राप्त गरे। अखिल संयुक्तका सम्भु जिसीले २५७ मत प्राप्त गरेका छन्। उनलाई अनेरास्ववियु, क्रान्तिकारी तथा समाजवादीका विद्यार्थी संगठनहरूले समर्थन गरेका थिए। नेपाल विद्यार्थी संघका उम्मेदवार राजन भुषालले २४२ मत पाए।
त्यस्ट्टै सचिवमा अनुकुमारी यादव, कोषाध्यक्षमा आयुष्मा चौधरी, र सदस्यहरूमा लक्ष्मीकुमारी यादव, सरीता पुन, सुदीप चौधरी, आशिका चौधरी, अनिलनाथ योगी, कामना चौधरी र प्रवीन चौधरी बिजयी भएका छन्।
यसअघि पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका थिए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया