मङ्गलबार, १९ अगस्ट २०२५

माओवादीकी समानुपातिक सांसद भन्छिन्- ज्ञानेन्द्र शाहीलाई निःशुल्क इतिहास पढाउँछु

सांसद ल्हामुले आइतबार एमाले सांसद रघुजी पन्तले एउटा इतिहास पढाइदिएको र शाहीलाई अझै इतिहास जान्न मन भए आफूले पनि थप इतिहास पढाइदिन तयार रहेको टिप्पणी गरेकी हुन्। उनले भनेकी छन्, ‘विरेन्द्रको परिवार मारिए लगत्तै हत्त न पत्त श्रीपेच खोसेर लगाएका ज्ञानेन्द्र त नक्कली राजा हुन्। शाहवंशको इतिहासले त्यहि भन्छ। राजावादीले आफ्नै राजामाथि विभेद गर्ने। नजाने इतिहास पढ्न आउनुहोस्। म तपाईंलाई नरभूपालदेखि पारससम्मको इतिहास निःशुल्क पढाइदिन्छु। यो तपाईँको लागि आवश्यक छ। तपाई मेरै जिल्लाको भाई भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ।’ त्यस्तै उनले सांसद शाही अन्धकारमा रहेको र उल्टो खोलो फर्काउन हिँडेको टिप्पणी गरेकी छन्। उनी भन्छिन्, ‘हाम्रा जुम्लाका माननीय ज्ञानबहादुरले सुख्खा खोलो बोक्नु कति अज्ञानी बन्नु भएको हँ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रघुजीले ज्ञानबहादुर शाहीलाई भनेको ‘तपाईं मिस्टर’ शब्द रेकर्डबाट हटाउन माग

राप्रपा सांसद दिपकबहादुर सिंहले सांसद ज्ञानबहादुर शाहीमाथि एमाले सांसद रघुजी पन्तले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सांसद पन्तले शाहीमाथि मिस्टर, तपाईं, तिमीजस्ता शब्द प्रयोग गरेको भन्दै सचेत गराउन माग गरेका हुन्। सांसद सिंहले शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बीआरआई नेपालका लागि ‘लाभदायी प्रोजेक्ट’ हो, विवाद गर्नु आवश्यक छैन: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता नेपाल झलनाथ खनालले बीआरआईले अधिकतम रुपमा नेपाललाई हित हुनेगरी परियोजनाहरू लागू गर्ने प्रकृया थालनीको महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन्। काठमाडौंमा बीआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरू सम्मिलित बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा बोल्दै उनले नेपालले बीआरआई कन्सेप्टलाई सही ढंगले नबुझेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ आईजीपीबारे निर्णय गर्न ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ। नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले पठायो सयौं आप्रवासीलाई सल्भाडोरको जेल

हालैमात्र ट्रम्पले साल्भाडोरसँग अपराधि राख्ने जेलका लागि सम्झौता गरेका थिए। यो विश्वकै एक अनौठो सम्झौता हो जसले एक अर्को देशमा कैदीहरू राख्ने बाटो खुलाइ दिएको छ। त्यो एक प्रकारले अमेरिकाले जेल भाडामा लिएजस्तै हो। यो जेलमा आफूले कैदी राखेवाफत अमेरिकाले साल्भाडोरलाई लाखौं डलर तिर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच लाख विद्यार्थी एसईई दिदैं,सबै तयारी पूरा

यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन्। कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अब शिक्षकहरूले नै अर्को जनआन्दोलन सुरु गर्छन्’

विद्यालयमा राजनीतिको कुरा आयो, हामी राजनीति गर्दैनौं। हामी कुनैपनि दलका कार्यकर्ता होइनौं र हुन पनि आउँदैनौ। तर मानिसहरुले हामीलाई किन राजनीति गर्‍यौ भन्दैछन् हामीले बुझेका छैनौं।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए महाधिवेशन: घले समूहलाई सरकारकाे पनि साथ

यो समूहले घले नेतृत्वको उच्चस्तरीय समितिलाई आधिकारिकता नभएको भन्दै उसका कुनै पनि निर्णय र अपिलहरूलाई अस्वीकार गर्दै आएको छ। समितिले आगामी मे महिनामा एनआरएनएको महाधिवेशन तय गरिसकेको छ। यसमा अब सरकारी अधिकारीहरूले चासो व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ड्रग्स’ लागि साथीलाई खुँडा हानेर भागेका युवा पक्राउ

अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

श्याम घिमिरेको माग- यौन व्यवसायलाई व्यवसायीकरण गरौं, पर्यटक बढ्छन्

घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटकको संख्या बढाउनुपर्ने माग गरेका हुन्।   त्यस्तै उनले उनले मन्दिर तथा धार्मिकस्थल वरपर मदिराजन्य पसलहरू राख्न नदिने र यसका लागि निश्चित ठाउँ छुट्याउनुपर्ने बताए। उनले भने, ‘धार्मिक क्षेत्रमा पूर्णरुपले मदिरा, मासुजन्य पदार्थहरू प्रतिबन्ध गर्नुपर्छ। तर, व्यवसायिक विकासका लागि निश्चित ठाउँहरू तोकेर जानुपर्छ। मदिराको लागि छुट्टै, मनोरञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ। मैले त बारम्बार भन्ने गरेको छु- यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेशले पनि केही हुनेवाला छैनः मन्त्री गुरुङ

उनले समयअनुकुल नीतिहरू संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए। उनले भने, ‘समयअनुकुल नीतिहरू संशोधन नगर्दा परिमार्जन नगर्दा त्यसको आधारमा बन्ने कानुनहरू, नियमहरूले पनि समस्या पारेको छ। एउटा मन्त्रालय र अर्को मन्त्रालयमा समस्या पैदा गर्ने खालको कानुन निर्माण गर्दा सुशासन कायम गर्न नसकेको र राजस्व संकलनको लागि पनि समस्या भएको छ। अहिले विद्यमान जुन अस्पष्ट नीति नियम र कानुनहरू छन् त्यसले पनि समस्या ल्याएको छ।’ अहिले पनि कार्यशैलीमा समस्या रहेको भन्दै उनले कार्यशैलीमा सुधार नगरेसम्म जस्तोसुकै अध्यादेश ल्याए पनि काममा सुधार नहुने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको स्टाटस लगत्तै राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

आइतबार अपराह्न प्रचण्डले कसैको फोटो जलाउँदैमा पक्राउ गर्न नहुने भन्दै राप्रपा नेता पक्राउप्रति असन्तुष्टि जनाएका थिए। प्रचण्डको असन्तुष्टि लगत्तै माओवादी मकवानपुरका नेताहरू राप्रपा नेतालाई छुटाउँन प्रहरी कार्यालय पुगेका हुन्। माओवादीका मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई रिहा गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरी स्रोतले बतायो। यसअघि माओवादीकै नेताहरूले प्रचण्डको तस्बिर जलाएका बमविरुद्ध उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनी पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा थपिए निषेधित क्षेत्र

सोमबारदेखि लागू हुनेगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको निषेधाज्ञा आगामी २ महिनासम्म जारी रहनेछ। यूएन हाउस र पुरानो मन्त्री क्वार्टरमा पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्र सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। त्यस्तै भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा पूर्वमा भैँसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तर भैसेपार्टी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्रको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

भ्रष्टाचारबाट कमाएको सम्पत्ति सरकारको नाममा ल्याउने गृहमन्त्रालयको तयारी

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन्। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन्। सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्बिर जलाउँदैमा पक्राउ गर्नु उचित नहुने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतन्त्रमा विरोधका विभिन्न रुप हुने भएकोले फोटो जलाउँदैमा गिरफ्तार गर्न नहुने बताएका हुन्। उनले भनेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको तस्बिर जलाउने राजावादी पक्राउ, पूर्वराजाको जलाउने गणतन्त्रवादीलाई उन्मुक्ति

यता गणतन्त्रका नेताको तस्बिर जलाउने राजावादी नेताहरूलाई पक्राउ गर्न हतारिएको प्रहरीले पूर्वराजाको तस्बिर जलाउने गणतन्त्र पक्षधर कार्यकर्तालाई पक्राउ गर्ने भने चासो दिएको छैन। तस्बिर र पुत्ला दहन लोकतन्त्रमा विरोधको सामान्य अभ्यास रहेको राप्रपाले जनाएको छ। पूर्वराजाको तस्बिर जलाउने बेलगाम घुमिरहँदा प्रचण्डको तस्बिर जलाएर सामान्य विरोध गरेका आफ्ना नेता पक्राउ परेको भन्दै राप्रपाले असन्तुष्टि जनाएको छ। राप्रपाका एक नेता भन्छन्, ‘राजतन्त्रमा बोल्न पाइदैन भन्ने कांग्रेस, एमाले, माओवादीको गणतन्त्रमा यही हो अभिव्यक्ति स्वतन्त्रता? देशमा स्वतन्त्रता यिनिहरूको लागि मात्र हो जनताका लागि होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको तस्बिर जलाउने राजावादी पक्राउको महेश बस्नेतले गरे स्वागत

शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए। बमलाई भरतपुरबाट पक्राउ गरेर हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बम पक्राउ परेपछि बस्नेतले अराजकहरूलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रालयले खेलेको भूमिका सराहनीय रहेको बताएका छन्। ‘पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राप्रपानिकट निराजन बमलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। यस्ता अराजकहरूलाई कारबाहीको दायरामा ल्याउनको निमित्त गृहमन्त्रालयले खेलेको भूमिका सराहनीय छ,’ बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत नेपालमा हिन्दुराष्ट्र चाहन्छः कालीदास बाबा

‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ। नेपालका नेताहरूले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो। उहाँहरूले मसँगको कुराकानीमा बाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ। हामीले पहिल्यैदेखि देवीदेवता, देउराली, ढुंगा, आकाश-पाताल, पृथ्वी, कुल मान्दै आएका हौं। त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन्।’ हालै काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर सार्वजनिक भएको विषयमा उनले भने, ‘गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ। राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको निगाह थापेर आएको होइन

उनले आफू जुम्लाबाट ‘हाहा होहो’ गरेर नभइ नभएर जनताबाट प्रत्यक्ष चुनाव जितेर आएको बताएका हुन्। आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले शाहीलाई आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन र जम्लामा हाहा होहो गरेजस्तो नगर्न चेतावनी दिएका थिए। पन्तलाई जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको बताएका हुन्। शाहीले आफू पन्तले जसरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर नआएको पनि बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घण्टीघरमा शिक्षकको धर्ना

नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा धर्ना दिएको छ। शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन्। शिक्षकहरूले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका थिए। दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं