बिएल संवाददाता
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता निराजन बम पलाँतालाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन्।
आइतबार अपराह्न प्रचण्डले कसैको फोटो जलाउँदैमा पक्राउ गर्न नहुने भन्दै राप्रपा नेता पक्राउप्रति असन्तुष्टि जनाएका थिए। प्रचण्डको असन्तुष्टि लगत्तै माओवादी मकवानपुरका नेताहरू राप्रपा नेतालाई छुटाउँन प्रहरी कार्यालय पुगेका हुन्।
माओवादीका मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई रिहा गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरी स्रोतले बतायो।
यसअघि माओवादीकै नेताहरूले प्रचण्डको तस्बिर जलाएका बमविरुद्ध उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनी पक्राउ परेका थिए।
यतिबेला उनीहरू प्रहरी कार्यालयमा छलफलमा छन्।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया