
उर्जा राज्यमन्त्री कान्छाराम भन्छन्- मलाई मन्त्रीको लोभ छैन, कुलमानलाई हटाउँन दिन्न
उनले भने, ‘मलाई भोलि नै मन्त्रीबाट हटाए पनि पदको लोभ छैन। तर, यो देशमा काम गर्ने मान्छेको लोभ छ। चाहे जनजाति, दलित, खस होस्, हामीले काम गर्ने मान्छेको लोभ गर्नुपर्छ। मैले कुलमान घिसिङको विषयमा काम गर्ने मान्छेलाई निकाल्न हुँदैन भनेको छु। कुलमानजी कुन पार्टीको हो मलाई थाहा छैन, उहाँ मेरो मन्त्रालयको कर्मचारी हो।’ उनले कुलमानलाई हटाउने नियतले मन्त्रालयका सचिवहरूले स्पष्टीकरण सोधेको सोध्यै गरेको भन्दै आपत्ति जनाए। उनले आफू कुलमानको पक्षमा हिजो पनि बोलेको र आगामी दिनमा पनि बोलिनै रहने प्रतिवद्धता व्यक्त गर्दै कुलमानको कामबाट आफू प्रभावित रहेको जिकीर गरे।

बिएल संवाददाता - रामेछाप