मङ्गलबार, १९ अगस्ट २०२५

प्रचण्डको तस्बिर जलाउने राप्रपा युवा नेता पक्राउ

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता पक्राउ परेका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए। बमलाई भरतपुरबाट पक्राउ गरेर हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिवसमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

नेपाललाई  विषादीरहित कृषि उत्पादनकाे केन्द्र बनाउँः सांसद घर्ती

उनले रासायनिक मल आयात हुने कुरा स्वभाविक भएपनि पछिल्ला वर्षहरूमा भारतबाट गाइवस्तुको गोबरसमेत आयात भइरहेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराइन्। गता आर्थिक वर्षमा भारतले एकै वर्षमा ३ सय ८६ करोड रुपैयाँको गोबर नेपाललगायत अन्य देशहरूमा विक्री गरेको तथ्यांक रहेको उनले बताइन्। उनले भनिन्, ‘कृषि प्रधान देश नेपालका ग्रामीण भेगमा परम्परागत  र शहरका सयाैं हजारौं छाडा पशुचाैपायाकाे व्यवस्थित र व्यवसायिक पालन गरी माटाेकाे उर्वराशक्ति सुधार गर्दै उत्पादन बढाउन मद्दत गर्ने प्राङ्गारिक र जैविक मल उत्पादनबारे सरकारले नीति कार्यक्रममै प्राथमिकतामा राखेर नेपाललाई बिषादीरहित कृषि उत्पादनकाे केन्द्र बनाउनेतर्फ सरकार र कृषि मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण गराउँदछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के माओवादी सरकारमा जाँदैछ? लेखनाथ भन्छन्- छलफल सुरु भइसक्यो

आइतबार संसद भवन परिसर बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्रवादीहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र प्रारम्भिक छलफलसमेत सुरु भइसकेको दाबी गरेका हुन्। दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको र जनतामा निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे। त्यसलाई निरुत्साहित गर्नका लागि एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे। सांसद दाहालले एमालेतर्फ इंगित गर्दै अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा ज्ञानेन्द्र शाही र एमाले सांसद पन्तबीच नोकझोक

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन भनेका हुन्। आफूले बोल्लाबोल्दै शाहीले नियमापत्ति गरेपछि सांसद पन्त आक्रोशित भए। उनले शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे तर शाही चुप नलागेपछि पन्तले आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन सुझाव दिए। पन्तले भने, ‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु। इतिहासका अंश पढेर आउनुस्। मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने। जुम्लामा हाहु गरेर आएको जस्तो होइन। इतिहास पढेर आउ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्वास्थ्य बीमा’ सरकारको क्षमता बाहिर गयो, विकल्प खोज्दैछौंः स्वास्थ्यमन्त्री पौडेल

आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब खर्च हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए। उनले भने, ‘कसको दोष हो म त्यतातिर जान चाहन्न। समस्या के छ भने बीमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ। बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ। आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बीमा व्यवस्थित हुन सक्छ। ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले बीमाको होईन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

नेपालकै मिलन कुलुङ राईले २८:१५:२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८:४७:०६.२ सकेन्डसहित तेस्रो भए। विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र  शेरले २० हजार रुपियाँ पुरस्कार पाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्दोलनका रणनीति तय गर्दै राप्रपा

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ। त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा समेत छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यमनमाथि अमेरिकी आक्रमण: ट्रम्प भन्छन्, हुती विद्रोही पूर्णरुपमा नष्ट हुनेछन्

ट्रम्पले हुती विद्रोहीलाई पूर्णरुपमा नष्ट गरिने चेतावनी पनि दिएका छन्।  ‘हुती विद्रोहीमाथि यस्तो विनाशकारी वर्षा हुनेछ कि उनीहरूले त्यसको कल्पना नै गर्न सक्नेछैनन्’ ट्रम्पले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान किन्दा ठगिनुभयो? अब सिधै अदालतले दिलाउनेछ क्षतिपूर्ति

अदालतले त्यस्ता मुद्दामा उपभोग्य वस्तु बिक्रेताबाट पीडितलाई क्षतिपूर्ति भराउने तथा कानुनी कारबाही गर्न सक्नेछ। ऐन अनुसार उपभोग्य वस्तु प्रयोगबाट उपभोक्तालाई हानि–नोक्सानी पुगेमा छ महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौसम पूर्वानुमान : पश्चिम नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुनसक्ने

कर्णाली र सुदूरपश्चिम  प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए महाधिवेशन: निर्वाचन समिति गठन, केसी समूहको ‘अवज्ञा’

घले समूह महाधिवेशन गराउन लागिरहेका बेला बद्री केसीको समूह भने ‘अनाधिकृत’रुपमा अन्तर्राष्ट्रय सम्मेलन गर्दै हिँडेका छन्। उनले घले नेतृत्वको उच्चस्तरीय समिति आधिकारिक नभएको भन्दै आफूहरू नै एनआरएनएको आधिकारिक भएको दाबी गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यायालय पार्टी कार्यकर्ताको भर्ती केन्द्र बनेपछि देशमा न्याय मर्‍यो: राप्रपा सांसद सिंह

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायाधीशहरूले खोल्ने आँट नगरेको समेत उनले आरोप लगाए। न्यायालयहरूमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरू भर्ती भएको उनको बुझाई छ। सांसद सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गरे। सांसद् सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताए। संघीय संरचना नै खारेज गर्नुपर्छ भन्ने आफूहरूको मुल्य र मान्यता रहेको उनले जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

०८४ मा माओवादी एक्लै लड्छ: प्रचण्ड

नले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन्। उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ। हिजो ०६४ मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं। अब एकचोटि फेरी हामी आफ्नै जनता र वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’ साथै उनले संगठनात्मक गतिविधि जुन स्टिममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताए। उनले पार्टी भित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेबारे गगन भन्छन्- सरकारले नचाहिने काम नगरोस्

उनले अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घिउ थप्ने काम गरिरहेको भन्दै सरकारको ध्यान नचाहिने काममा भन्दा जनताको असन्तुष्टि सम्बोधनमा केन्द्रीत हुनुपर्ने बताए। उनले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भएपनि चाहिने काम मात्रै गरौँ नचाहिने काम नगरौँ। अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेको व्यक्तिहरूले जीवनभरी सेवा सुविधा पाउनेगरी कानुन बनाउन सरकारले लाग्यो रे भन्ने हल्ला आएको छ। यस्तो कुराले स्वभाविक रूपमा नागरिकहरूलाई रिस त उठ्ने नै भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

राजाहरूले देशलाई लुट्नमात्रै जानेका छन्ः माधवकुमार नेपाल

उनले वंशको आधारमा २४० वर्षसम्म शासन सञ्चालन गरेर सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहिएको बताए। उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने दाबीसमेत गरे।  उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ। अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन। दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बीआरआईले आर्थिक विकासका नयाँ ढोकाहरू खोल्छः सभामुख

बीआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरू सम्मिलित बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले बीआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रुपमा पनि रहेको भन्दै यसले सम्बन्धहरू अझै बलियो हुदै जाने बताए। उनले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुपमा रहदैँ आएको छ। नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी छन्। बीआरआईमार्फत दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ। यो नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रुपमा लिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई किन भने भाइमारा? प्रचण्ड भन्छन्- जनताको आवाज बोलेको हुँ

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा भनेको दाबी गरेका हुन्। उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए। उनले भने, ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं। पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको थिएँ। मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ। अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ। मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडामा राप्रपाले जलायो प्रचण्डको तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन्। संगठनको शनिबार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै उनको तस्बिरमा आगो लगाएका हुन्। पूर्वराजालाई अनावश्यक रुपमा आरोप-प्रत्यारोप लगाएर प्रचण्डले वातावरण प्रदूषित पारेको उनले आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

समाजवादी मोर्चाको निष्कर्ष- सरकारको स्वेच्छाचारिताले देश संकटमा पर्ने भयो

शनिबार समाजवादी मोर्चा नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको दाबी गरेको छ। मोर्चाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन्। राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ। नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालीहरू धेरै झुट बोल्न थाले, विदेशीले पनि पत्याउन छोडिसके: मुख्यमन्त्री लामा

उनले भने, ‘हामी सबै सकारात्मक हुनुपर्यो। हामी नेपालीहरू झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो। हामीले  विस्तारै  विस्तारै झुटो बोल्न छोड्नुपर्छ। अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन्।’ उनले उद्योगबिना रोजगारी सिर्जना हुन नसक्ने बताए। उनले उद्योगमा जोड नदिए, पाखा लगाउँदै गयो भने झन बेरोजगार बढ्ने बताए। उनले भने, ‘रोजगारी सिर्जना गर्ने ठाउँ नै उद्योग हो। उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै  बेरोजगार हुन सक्छौं। रोजगारी सिर्जना हुने कामहरू हामीले गर्न सकेका छैनौं। खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं। अब हामीले उद्योगलाई जोड दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं