
होलीमा पनि छोडेनन् ओलीलाई
वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाए। विगतका बर्षहरू भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ। तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरूले उछृंखल नारा पनि लगाउन भ्याए। उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए।

बिएल संवाददाता - काठमाडौं