बिएल संवाददाता
होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखियो। बसन्तपुरमा स्वदेशी तथा विदेशी पाहुनाहरूले होलीलाई उत्साहपूर्वक मनाए।
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो।
सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरूका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो। रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो।
वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाए। विगतका बर्षहरू भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ।
तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरूले उछृंखल नारा पनि लगाउन भ्याए।
उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए।
कतिपयले भने ‘राजा आउ, देश बचाउ’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा नारा लगाएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया