बिएल संवाददाता
होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखियो। बसन्तपुरमा स्वदेशी तथा विदेशी पाहुनाहरूले होलीलाई उत्साहपूर्वक मनाए।
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो।
सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरूका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो। रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो।
वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाए। विगतका बर्षहरू भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ।
तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरूले उछृंखल नारा पनि लगाउन भ्याए।
उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए।
कतिपयले भने ‘राजा आउ, देश बचाउ’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा नारा लगाएका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया