मङ्गलबार, १९ अगस्ट २०२५

पाकिस्तानसँग लडिरहेको ‘बलुचिस्तान लिबरेशन आर्मी’ के हो?

त्यहाँ कैयौ खानी र खनिजहरूमा चिनियाँ परियोजनाहरू सञ्चालित छन्। पाकिस्तान सरकारले त्यहाँ चिनियाँ परियोजना लागु गर्नका लागि यो संगठनलाई आतंककारी पनि घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहाडी जिल्लामा हाेली मनाइँदै, तराईमा भोलि

फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने भोली होली मनाइदै छ। होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको एउटा मुख्य पर्व पनि हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ’

‘मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ-बुझाइ गरेर बाहिर पठाएको हुँ। र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन? यो फर्केर आउँदैन। अन्त्य भएको कुरा हो, धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन। मैले भन्ने गरेको छु किन धेरै चर्चा गर्नु? म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु।’ उनले सरकारले पूर्वराजालाई नागार्जुनमा बस्न दिएको र सुरक्षा पनि सरकारले नै गरिरहेकोले सरकारले चाहे नागार्जुनबाट समेत हटाइदिन सक्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

प्रतिक्रियावादी शक्तिविरुद्ध सडकमा लाखौं जनता उतार्दैछौंः प्रचण्ड

उनले सरकारको गतिविधि देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताए। उनले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने चेतावनी दिए। उनले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सुमना सुत्र- रविलाई पास, बालेनबाटै आश

रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछानेको पक्षमा वकालत नगरेको भन्दै पार्टीभित्रबाटै आलोचना खेपिरहेकी सांसद सुमना श्रेष्ठ फेरि विवादमा तानिएकी छन्। खासगरी लामिछाने निकट मानिएकी रास्वपा नेता ज्वाला संग्रौलाले रविकै कारण सांसद भएका सुमनासहितका सांसदले रविको बचाउमा नबोलेको भन्दै चर्को आलोचना गर्दै आएकी छन्। केही समयअघि उनले रास्वपाका बौद्धिक र पढे-लेखेका भनिएका कतिपय नेताहरूले पनि सभापति रविको बचाउ नगरेकोमा आक्रोशसमेत व्यक्त गरेकी थिइन्। संग्रौलाको दाबी छ- ‘रास्वपाका सबै नेताहरू रविकै कारण चिनिएका हुन्। उनीहरूको अलग्गै पहिचान छैन। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी जतिसुकै बौद्धिक र पढे-लेखेका भए पनि रवि दाइकै कारणले रास्वपामा चिनिएका हौँ। यो कुराचाहिँ हामी कदापि नभुलौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको गलामा ७१ किलोको माला

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई रुपन्देहीमा ७१ केजीको माला लगाएर स्वागत गरिएको छ। रुपन्देहीको ओमसतियामा प्रचण्डको गलामा ७१ केजीको माला लगाएर स्वागत गरिएको हो। ओमसतिया-६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको फूलको किलोको माला लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका-६ का अध्यक्ष शिवकुमार धवलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

आदित्यनाथको फोटो भाइरल बनाउने राणा शरण माग्दै भारतमा

राजावादी आन्दोलन वा राजसंस्था चाहने राप्रपाभित्रैको राजनीतिमा उनको लामो साइनो भने देखिन्न। २०७३ सालमा भएको राप्रपाको अधिवेशनमा उनी कमल थापाविरुद्ध उम्मेदवारी दिएका थिए। त्यसमा निकै फराकिलो मतले पराजित भएपछि केही सहयोगीहरूको साथमा उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए र त्यहाँ उनले कमल थापाले सबै पार्टी कब्जा गरेको आरोप लगाएका थिए। त्यसयता उनी पार्टीको राजनीतिमा खासै सक्रिय देखिन्नन्। तर केही समययता बढ्दै गइरहेको राजावादीको आन्दोलनमा भने उनी देखिइरहेका हुन्थे।  ५८ वर्षीय राणाले अहिलेसम्म योगी आदित्यनाथलाई भने भेटेका छैनन्। तर आफूले योगीलाई आदर्श व्यक्तिका रुपमा लिने गरेको उनी बताउँछन्। योगीको तस्बिर देखाउँदा नेपालमा आफूलाई ज्यानको खतरा भएको भन्दै राणा आफूले भारतमा शरण परेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्र आईसक्दा पनि देश ‘राजतन्त्रकै ऐन कानून’मा बाँचिरहेको छः मन्त्री गुरुङ

‘हाम्रो पुलिस, सेना, एपीएफ, अदालत, संसद, मन्त्रालयहरू लगायत विभिन्न संस्थाहरू सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आईसक्यो राजतन्त्रको ऐन कानूनमा बाँचिरहने देश हो। त्यसकारण हामीले के गर्नुपर्यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्छ। हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ।’ यसको साथै, उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरमा युवकको शव फेला

जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका-१९ पुलचोस्थित आँपको बगैंचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बुधबार (आज) बिहान स्थानीयहरूले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

राजालाई संसदबाटै हटाउन एमालेको माग

नेकपा एमालेले संसदमा राजावादी सांसदहरूले पूर्वराजालाई राजा शब्दले सम्बोधन गरेकोमा आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद हेमराज राईले राजतन्त्र हटिसकेको देशको संसदमा राजा शब्द प्रयोग गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे। उनले भने, ‘नेपालमा अहिले राजा छैनन्, तर हिजो सदनमा कतिपय माननीयले राजा र राजाको सन्देश आदि पदावली प्रयोग गर्नुभएको छ। यो असंवैधानिक पदावली सदनको रेकर्डबाट हटाउन माग गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पुनः सुनुवाइ हुँदै

०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा श्रीमती पूर्णिमाया लामाले सापकोटासहितका मा‌ओवादी नेताहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन नमानेपछि सर्वोच्च अदालतले रिट दर्ताका लागि आदेश दिएको थियो। गत असोज ९ गते निर्णय सुनाउने मिति तय भए पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो। माओवादी द्वन्द्वका क्रममा २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताले हत्या गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनाले ‘कांग्रेस नेताले सरकारी कब्जा गरे’ भनेपछि संसदमा हंगामा, जुरुक्कै उठे कांग्रेस सांसदहरू

सुमनाको आरोपपछि नेपाली कांग्रेसका सांसदहरूले आपत्ति समेत जनाए। कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत आधा दर्जन सांसदहरूले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले आपत्तिको विषय सोधेका थिए। तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन्। माइक नपाएपछि सांसद केसीले आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न चुनौती दिए। पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग पनि गरेका थिए। तर, सभामुखले रेकर्डबाट हटाउने माग अस्वीकार गरी सभा सञ्चालनलाई निरन्तरता दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अदालतको अवहेलनासम्बन्धि रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मंगलबार न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बालेनको मुद्दाको पेसी तोकिएको छ। बलिउड चलचित्र आदिपुरुषमा नेपालको जनकपुरकी सिता मातालाई भारतीय उल्लेख गरेपछि मेयर साहले आदिपुरुषलगायत हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सुरक्षा चुनौतीका नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्तता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धिन निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेसन’ को अवधारणा अनुसार  काम गर्न आवश्यक छ भने। नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ। उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार देशीय महिला टी-२० सिरिज- आज नेपाल र नामिबिया भिड्दै

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो। यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चा र विवाद धेरै तर बालेन, हर्क र गोपीका पालिकाहरू किन फेल? (भिडिओ रिपाेर्ट)

सामाजिक सञ्जाल होस् वा राजनीतिक बहस, चिया-चौताराहरूमा पनि बालेन, हर्क र गोपीकै चर्चा र बहस चल्न थाल्यो ।  तर जति चर्चा र बहस यिनीहरूको छ, आफूले नेतृत्व गरेका ‘सरकार’ भने कामका हिसाबले पूरै फेल भएका छन्।  सधैं चर्चा, बहस अनि विवादमा रहने यी तीन भन्दा बरु चुपचाप काम गरिरहेका दुर्गमका ‘स्थानीय’ सरकार भने अब्बल देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले पार्टी कार्यालय घेर्दै शिक्षकहरू

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूर्वसन्ध्यामा शिक्षकहरू अध्यापन छोडेर आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित हुने भएको छ। त्यस्तै शैक्षिक सत्रका अन्तिम परीक्षाको तयारी गर्नुपर्ने शिक्षकहरू पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि शैक्षिक सत्रसमेत प्रभावित हुनसक्ने सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानमा रेल ‘हाइज्याक’: ४०० यात्रु बन्धक, केही यात्रुको उद्धार, गोलीवारी जारी

बलुचिस्तानको बलुच लिबरेशन आर्मीको समूहले मंगलबार एउटा रेल अपहरण गरेको थियो। पेशावर जाँदै गरेको उक्त रेललाई विद्रोही समूहले ट्र्याकमा विष्फोट गरी सुरुङभित्र बन्धक बनाएको थियो। ९ वटा डिब्बा रहेको यो रेलमा ४ सयभन्दा बढी यात्रु सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएको सचिवालय हस्तान्तरण गर्न एनसीसीहरूको आह्वान

हाल बद्री केसीकाे समूहले काठमाडौंकाे बालुवाटारस्थित केन्द्रीय सचिवालय ‘कब्जा’ गरेर चलाइरहेकाे उच्चस्तरीय समितिकाे आराेप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्ध रोक्न तयार भयो युक्रेन, अमेरिकी सहयोग ‘फुकुवा’

वार्तापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो प्रस्ताव रुससँग पनि राख्ने बताउँदै ‘अब बल रुसकै कोर्टमा रहेको’ बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं