बिएल संवाददाता
नेकपा एमालेले संसदमा राजावादी सांसदहरूले पूर्वराजालाई राजा शब्दले सम्बोधन गरेकोमा आपत्ति जनाएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद हेमराज राईले राजतन्त्र हटिसकेको देशको संसदमा राजा शब्द प्रयोग गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे।
उनले भने, ‘नेपालमा अहिले राजा छैनन्, तर हिजो सदनमा कतिपय माननीयले राजा र राजाको सन्देश आदि पदावली प्रयोग गर्नुभएको छ। यो असंवैधानिक पदावली सदनको रेकर्डबाट हटाउन माग गर्छु।’
त्यस्तै हिजो मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद सूर्य थापाले पनि संसद्भित्र राजा उच्चारण नगर्न रूलिङ गर्न माग गरेका थिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया