बिएल संवाददाता
रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछानेको पक्षमा वकालत नगरेको भन्दै पार्टीभित्रबाटै आलोचना खेपिरहेकी सांसद सुमना श्रेष्ठ फेरि विवादमा तानिएकी छन्।
खासगरी लामिछाने निकट मानिएकी रास्वपा नेता ज्वाला संग्रौलाले रविकै कारण सांसद भएका सुमनासहितका सांसदले रविको बचाउमा नबोलेको भन्दै चर्को आलोचना गर्दै आएकी छन्।
केही समयअघि उनले रास्वपाका बौद्धिक र पढे-लेखेका भनिएका कतिपय नेताहरूले पनि सभापति रविको बचाउ नगरेकोमा आक्रोशसमेत व्यक्त गरेकी थिइन्।
संग्रौलाको दाबी छ- ‘रास्वपाका सबै नेताहरू रविकै कारण चिनिएका हुन्। उनीहरूको अलग्गै पहिचान छैन। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी जतिसुकै बौद्धिक र पढे-लेखेका भए पनि रवि दाइकै कारणले रास्वपामा चिनिएका हौँ। यो कुराचाहिँ हामी कदापि नभुलौँ।’
सोही कुराको पुष्टि गर्दै सुमनाले मंगलबार एक युट्युब च्यानल कार्यक्रममा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाको कित्तामा उभ्याउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको तारिफ गर्न भ्याइन्। यसले पनि उनी रविको कित्ताबाट अलग रहेको र रविको पक्षमा नबोलेको ज्वालाको आरोपको पुष्टि हुन्छ।
युट्युब च्यानल प्याराडाइम टीभीमा बोल्दै उनले रवि लामिछानेलाई गगन थापालाई झैं पास गरिन्। तर, बालेनको तस्बिर देख्ने बित्तिकै उत्साहित हुँदै ‘युवाहरूको आशा’ भएको बताइन्।
त्यस्तै उनले केपी ओलीलाई भने मजाकमै उडाइन्। कार्यक्रममा उनले पत्रकार ऋषि धमलादेखि ट्रम्प-मस्कसम्मको व्याख्या गर्न भ्याउँदा आफ्नै सभापतिलाई भने पास गरेपछि उनको आलोचना सुरु भएको छ।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया