बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिटमा पुनः सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा आजदेखि सापकोटाविरुद्धको रिटमा पुनः सुनुवाइ हुन लागेको हो।
०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा श्रीमती पूर्णिमाया लामाले सापकोटासहितका माओवादी नेताहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन नमानेपछि सर्वोच्च अदालतले रिट दर्ताका लागि आदेश दिएको थियो।
गत असोज ९ गते निर्णय सुनाउने मिति तय भए पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो।
माओवादी द्वन्द्वका क्रममा २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताले हत्या गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया