
बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिटमा पुनः सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा आजदेखि सापकोटाविरुद्धको रिटमा पुनः सुनुवाइ हुन लागेको हो।
०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा श्रीमती पूर्णिमाया लामाले सापकोटासहितका माओवादी नेताहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन नमानेपछि सर्वोच्च अदालतले रिट दर्ताका लागि आदेश दिएको थियो।
गत असोज ९ गते निर्णय सुनाउने मिति तय भए पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो।
माओवादी द्वन्द्वका क्रममा २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताले हत्या गरेका थिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया