बिएल संवाददाता
बलिउडको कयौं फिल्ममा काम गरिसकेकी दीया मिर्चा पछिल्लो दिन भने ओटीटीमा रिलिज भएको फिल्म ‘नादानियाँ’ मा देखिएकी छिन्। उनलाई बलिउडमा काम गर्न थालेको २४ वर्ष पुगिसकेको छ।
फिल्म क्षेत्रमा राम्रो चर्चामा पाएकी दीयाले अहिले भने आफ्नो पालामा इन्डस्ट्रमिा हुने गरेको घटनालाई उजागर गरेकी छिन्। त्यहीबेला उनले आफ्नो उक फिल्मलाई पनि सम्झिइन्।
उनले आफ्नो फिल्म ‘तुमको ना भूल पाएंगे’ को चर्चा गरिन्। त्यो फिल्ममा सलमान खान थिए मुख्य कलाकार, उनले बताइन् कि महिलाहरूलाई भन्दा धेरै पुरुषहरूलाई प्राथमिकता दिने गरिन्थ्यो।
उनको अनुसार सेटमा कयौं त्यस्तो कडा नियमहरू थिए। र, उनीहरूलाई त्यसबारे सोध्ने अधिकार पनि थिएन। उनका अनुसार डाइरेक्टरले जे भन्यो त्यो मान्ने पथ्यो।
वर्षों पुरानो घटनालाई लिएर अहिले उनले खुलेर कुरा गरेकी छिन्।
उनले दिएको एक इन्टरव्यूमा कयौं आरोप लगाएकी छिन्। उनले त्यतिबेला आफ्नो फिलम ‘तुमको ना भूल पाएंगे’ सम्झिइन्। जुन फिल्म २०२२ मा रिलिज भएको थियो।
उनले भनेकी थिइन्, ‘महिलालाई भन्दा धेरै पुरुषलाई प्राथमिकता दिइन्थ्यो। समय तालिका पनि पुरुषकै हिसाबमा राखिन्थ्यो। र, महिलाहरुलाई त्यसबारे जानकारी पनि दिइदैंन थियो।’
उनले बताएअनुसार अभिनेत्रीहरूलाई स्क्रिप्ट पनि दिँदैन थियो। जब उनीहरूको सूटिङ सुरु हुने समय हुन्थ्यो। त्यसको केही क्षणमा मात्र स्क्रिप्ट दिइन्थ्यो।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया