बिएल संवाददाता
फागुन २५ गते पोखराको निजी भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे। वर्तमान व्यवस्थालाई नै चुनौती दिनेगरी भएको राजाको स्वागतलाई गणतन्त्रवादी दलहरू र सरकारले स्वभाविक रुपमा पक्कै लिएका छैनन्।
दलहरू र सरकारका मन्त्रीहरू पूर्वराजालक्षित एकपछि अर्को अभिव्यक्तिहरू दिँदै हिँडेका छन्। राजतन्त्र पक्षधरहरूले चैत महिनामा फेरि विशाल जनप्रदर्शन गर्ने तयारी गरेको छ। विशेषतः राप्रपाले आयोजना गर्न लागेको कार्यक्रममा सबै राजतन्त्रवादीहरूलाई समेट्ने प्रयास गरिने राप्रपाले जनाएको छ।
तर, पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ। लामो भ्रमणबाट घर फर्किएका पूर्वराजा केही समय निर्मल निवासमै आराम गर्ने र त्यसपछि आगामी कार्यक्रमहरू र तयारीबारे सोच्न सक्ने स्रोतले बतायो।
फागुन २५ गतेको शक्ति प्रदर्शनपछि पूर्वराजाका आगामी कार्यक्रमहरू के छन्? भन्ने बीएल मिडियाको जिज्ञासामा स्रोतले भन्यो, ‘राजाको तर्फबाट तत्काल कुनै तयारी छैन। तर, दुई राप्रपाहरू (राप्रपा र राप्रपा नेपाल) मिलेर प्रदर्शन/आन्दोलन भने गर्न सक्नेछन्।’
यता दुवै राप्रपा र दुर्गा प्रसाईंबीच फागुन २५ को कार्यक्रमको जस लिने हानाथाप भइरहेको छ। कार्यक्रम लगत्तै दुर्गा प्रसाईंले आफ्नै निवासमा युट्युबरहरूको सम्मेलन नै गरेर आफूले कार्यक्रमको माहोल बनाएपछि राजेन्द्र लिङदेन र कमल थापा ढोक्सा थाप्न आएको आरोप नै लगाएका थिए।
त्यसैले राजावादीहरूको आगामी कार्यक्रमहरू प्रभावकारी हुदैनन् कि भन्ने चासो रहेपनि उनीहरूबीच भित्री रुपमा भने बेमेल नरहेको र विरोध कार्यक्रमलाई असर नपर्ने श्रोतले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया