बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो।
प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन अवस्थामा ओलीले टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको आरोपमा सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया