बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरूको भागबण्डामा चल्ने गरेको बताएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरेका हुन्।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायाधीशहरूले खोल्ने आँट नगरेको समेत उनले आरोप लगाए।
न्यायालयहरूमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरू भर्ती भएको उनको बुझाई छ। सांसद सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गरे।
सांसद् सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताए। संघीय संरचना नै खारेज गर्नुपर्छ भन्ने आफूहरूको मुल्य र मान्यता रहेको उनले जिकिर गरे।
अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उनले आग्रह गरे। सांसद सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नको लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको समेत बताए।
सांसद सिंहले अब पार्टीको नेतृत्व युवा पंक्तिहरूले गर्नुपर्ने बताए। अधिवेशनले किशोर खत्रीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया