बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हरेक क्षेत्र सुधार गर्नुपर्ने बताएका छन्।
बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरू हुने बताए।
उनले भने, ‘हामी सबै सकारात्मक हुनुपर्यो। हामी नेपालीहरू झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो। हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ। अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन्।’
उनले उद्योगबिना रोजगारी सिर्जना हुन नसक्ने बताए। उनले उद्योगमा जोड नदिए, पाखा लगाउँदै गयो भने झन बेरोजगार बढ्ने बताए।
उनले भने, ‘रोजगारी सिर्जना गर्ने ठाउँ नै उद्योग हो। उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै बेरोजगार हुन सक्छौं। रोजगारी सिर्जना हुने कामहरू हामीले गर्न सकेका छैनौं। खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं। अब हामीले उद्योगलाई जोड दिनुपर्छ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया