बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हरेक क्षेत्र सुधार गर्नुपर्ने बताएका छन्।
बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरू हुने बताए।
उनले भने, ‘हामी सबै सकारात्मक हुनुपर्यो। हामी नेपालीहरू झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो। हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ। अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन्।’
उनले उद्योगबिना रोजगारी सिर्जना हुन नसक्ने बताए। उनले उद्योगमा जोड नदिए, पाखा लगाउँदै गयो भने झन बेरोजगार बढ्ने बताए।
उनले भने, ‘रोजगारी सिर्जना गर्ने ठाउँ नै उद्योग हो। उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै बेरोजगार हुन सक्छौं। रोजगारी सिर्जना हुने कामहरू हामीले गर्न सकेका छैनौं। खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं। अब हामीले उद्योगलाई जोड दिनुपर्छ।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया