
ट्रम्प पुटिन वार्ता- युद्ध बिरामका लागि प्रक्रियाको सुरुवात
ट्रम्पसँग भएको टेलिफोन वार्तामा भने कम्तीमा ३० दिनका लागि युक्रेनका कुनै पनि उर्जा संरचनामा आक्रमण नगर्ने सहमति भएको छ। यो समझदारी युक्रेनले पनि स्वीकार गर्नेछ।

बिएल संवाददाता - काठमाडौं
ट्रम्पसँग भएको टेलिफोन वार्तामा भने कम्तीमा ३० दिनका लागि युक्रेनका कुनै पनि उर्जा संरचनामा आक्रमण नगर्ने सहमति भएको छ। यो समझदारी युक्रेनले पनि स्वीकार गर्नेछ।
बिएल संवाददाता - काठमाडौं
लोकतन्त्र ज्ञानेन्द्रको चाहनाले जाने हैन न ‘राजा आऊ देश बचाऊ’ भनेर भट्याउनेहरूको इच्छाले नै जान्छ। यो जाने भनेको लोकतन्त्रका बाहकहरूको नालायकीपन र गैरजिम्मेवारीले मात्र हो। यतिबेला ओली-देउबा हल बाँधेर ज्ञानेन्द्रको सवारी चलाइरहेका हुन् कि जस्तो देखिएको छ ।
बिएल संवाददाता - अमेरिका
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार र मंगलबार बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रमहरू एवं संगठन निर्माणको अवस्थाबारे समिक्षा भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। बैठकले राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ। राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको श्रेष्ठले बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको हो।क्याम्पसको ३३ बर्षे इतिहासमा पहिलोपटक सत्तारुढ दुई संगठन नेविसंघ र अनेरास्ववियूले गठबन्धन निर्माण गरेको थियो। स्ववियू सभापतिमा नेविसंघका रोशन यादव विजयी भए। उनले ४६ मत ल्याएर विजयी हुदाँ उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार लालदेव यादवले २९ मत र अखिल क्रान्तिकारीकी मेहिनीकुमारी राजवंशीले २२ मत प्राप्त गरिन्। सचिवमा ४२ मत प्राप्त गरी अनेरास्ववियूका डिल्लीराज पौडेल विजयी भए। उनका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार अभिषेक राजवंशीले २४ मत र अखिल क्रान्तिकारीका रोहितकुमार ठाकुरले २२ मत ल्याएका छन्।
बिएल संवाददाता - झापा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटनलाई होटल व्यवसायसँग जोड्नुपर्ने बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन उदघाटन कार्यक्रमलाई मंगलबार दोलखाको चरिकोटमा सम्बोधन गर्दै लामाले पर्यटकलाई जति माया गर्यो होटल व्यवसाय त्यतिकै फस्टाउने बताए। पर्यटकलाई आकर्षित बनाउन योजनाका साथ लाग्नुपर्ने उनको धारणा छ। धेरै जनसंख्या भएको ठाउँमा नै पर्यटक आउने बताउँदै उनले त्यस हिसाबले बागमती प्रदेश पर्यटकको गन्तव्यस्थल भएको बताए। उचित व्यवस्थापन गर्ने हो भने नेपालमा जतिपनि पर्यटक ल्याउन सकिने उनको धारणा छ।
बिएल संवाददाता - दोलखा
‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ। भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए। समितिले घटनाको विस्तृत छानविन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
रोल्पा नमूना क्याम्पस, परिवर्तन गाउँपालिका-५ बागमाराको स्ववियु निर्वाचनमा नेकपा निकट संगठन अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन्। आफ्नो पक्षमा ७१ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्। प्रतिद्वन्दी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनका साझा उम्मेद्वार दिपेन्द्र डाँगीलाई २९ मत्तान्तरले पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्। डाँगीले ४२ मत मात्र प्राप्त गरेका निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले बताए। कोषाध्यक्षमा अखिल समाजवादीका टोपबहादुर परियार निर्वाचित भएका छन्। परियारले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्दी निर्मला डाँगीले ४५ मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - रोल्पा
चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु-पोखरा सिधा उडान सुरु गरेको छ। सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। १२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ। पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायत छन्।
बिएल संवाददाता - पोखरा
परिक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई छ। जसले अमेरिकी निर्माताको लागि १३० अर्ब अमेरिकी डलरभन्दा बढीको बिक्री गरेको छ। जसका कारण बायोटेक उद्योगमा व्यापक ध्यान आकर्षित गरेको छ। ‘औषधि उद्योगको लागि, किट्रुडालाई उछिनेर धेरै बिरामीहरूलाई फाइदा पुर्याउने औषधि विकास गर्नु उल्लेखनीय उपलब्धि हो। विश्वभरका धेरै कम्पनीहरूले यस्ता औषधिहरू विकास गर्न प्रयासरत छन्। तर तिनीहरूका सबै चरण तीन परीक्षणहरू असफल भएका छन्। हाम्रो चरण तीन क्लिनिकल परीक्षण अनियमित, डबल-ब्लाइन्ड अध्ययनमा कडा सकारात्मक परिणाम प्राप्त गर्ने संसारको पहिलो हो,’ अध्यक्ष मिशेल सियाले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा पहिलोचोटी संविधानसभामार्फत जनताले राजा-महाराजाबाट सार्भमौमसत्ता खोसेर आफ्नो नामको संविधान लेखेको भन्दै यो दुई दशकमा त्यसको समीक्षा गर्ने बेला भएको बताए।
बिएल संवाददाता - काठमाडौं
‘त्यो बेला उनले मूर्खता नगरेको भए, पटक पटक लात हान्दा पनि उनकै पछि सात दलहरूले भनेको मानेको भए सायद अरु केही वर्ष उनी रहनसक्थे’ काठमाडौंमा माओवादी नेता सत्या पहाडीले लेखेको किताब बिमोचन गर्दै उनले भने ‘तर उनले मूर्खता गरे। त्यसैले मैले भन्ने गरेको उनको त्यही भिलेनको रोलका कारण पनि गणतन्त्रको आधार तयार भएको हो।’
बिएल संवाददाता - काठमाडौं
प्रहरीले मंगलबार बिहान ट्रकसहित पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। रकम बोकेर चीनको केरुङ जाँदै गरेको ट्रक र चालकलाई प्रहरीले टोखाको झोरबाट पक्राउ गरेको थियो। पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनी यसअघि नै ७ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर पाँच वर्ष जेल बसेर छुटेको खुलेको छ। प्रहरीले पुरानो र अहिलेको घटनालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेपछि मालिकको खोजीमा केन्द्रीत हुने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
चालु आ.व. २०८१/८२ मा यस मन्त्रालयको जम्मा ९१ अर्व ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको जनाएको छ । जसमध्ये चालु तर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ । हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्व २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको अवस्था छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण मैनालीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ ।
बिएल संवाददाता - काठमाडौं
प्रहरीमा जागिर लगाई दिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मीकुमारी महतोलाई पक्राउ गरेको हो। हरिपूर्वा नगरपालिका-५ का २१ बर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका-१७ की महतोले ठगी गरेको सर्लाही प्रहरीले जनाएको छ। महतोले पटक-पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए। उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्रप्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार महतोलाई पक्राउ गरिएको हो।
बिएल संवाददाता - सर्लाही
काठमाडौंको टोखा झोर क्षेत्रबाट ट्रकमा लुकाएर राखिएको २५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकन डलरसहित पक्राउ परेका व्यक्ति यसअघि नै सुन तस्करीमा जेल परेर छुटेको खुलेको छ। मंगलबार बिहान ना७ख १६५२ नम्बरको ट्रकमा ठूलो परिमाणको अवैध रकमसहित समातिएका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ। ट्रकमा फल्स बटम बनाएर लुकाइ राखेको रकमसहित उक्त ट्रक केरुङतर्फ जाँदै थियो। प्रहरी स्रोतका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा ७ किलो सुनसहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए। प्रहरीले आजै दिउँसो लामाको पक्राउबारे पत्रकार सम्मेलन गर्दैछ।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले २१औं शताब्दीमा पनि वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद र हानीकारक विषय भएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सचिवालय बैठकपश्चात सञ्चारकर्मीहरूसँग बोल्दै उनले २१ औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय भएको भन्दै युवा पुस्ताले यसबारे तुलनात्मक अध्ययन गर्नुपर्ने बताए। उनले भने, ‘नेकपा एमाले आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भिरताका साथ आत्मसाथ गर्न, निरङ्कुश कालमा अधिकार खोसिदाको पीडालाई अनुभूत गर्न दुई शताब्दीभन्दा लामो राजतन्त्रको एकछत्र शासन कालमा मुलुकको अवस्था कस्तो थियो भनेर तुलनात्मक अध्ययन गर्न आह्वान गर्छु। २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय हो भन्ने कुरामा विशेष जोड दिन चाहन्छौ।’
बिएल संवाददाता - काठमाडौं
आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मनाउँदै आइरहेकाे नेपालका प्रथम शहिद लखन थापा मगरको १४८औं स्मृति दिवस अमेरिकामा भव्य रुपमा मनाइएकाे छ।
बिएल संवाददाता - न्यूयोर्क
अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. इमानसिंह चेम्जोङको जीवनीमा आधारित भएर निर्माण गरिएको वृत्तचित्र प्रदर्शन भएको छ।
बिएल संवाददाता - न्यूयोर्क
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीले ठूलो मात्रामा युरो र अमेरिकन डलर बरामद गरेकाे छ।काठमाडौंको टोखा झोर क्षेत्रबाट ट्रकमा राखिएको अवस्थामा करिब २५ करोड रुपैयाँ बराबरको मुद्रा बरामद गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .