
बिएल संवाददाता
चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ।
अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा (किट्रुडा)लाई उछिनेको छ।
परिक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई छ। जसले अमेरिकी निर्माताको लागि १३० अर्ब अमेरिकी डलरभन्दा बढीको बिक्री गरेको छ। जसका कारण बायोटेक उद्योगमा व्यापक ध्यान आकर्षित गरेको छ।
‘औषधि उद्योगको लागि, किट्रुडालाई उछिनेर धेरै बिरामीहरूलाई फाइदा पुर्याउने औषधि विकास गर्नु उल्लेखनीय उपलब्धि हो। विश्वभरका धेरै कम्पनीहरूले यस्ता औषधिहरू विकास गर्न प्रयासरत छन्। तर तिनीहरूका सबै चरण तीन परीक्षणहरू असफल भएका छन्। हाम्रो चरण तीन क्लिनिकल परीक्षण अनियमित, डबल-ब्लाइन्ड अध्ययनमा कडा सकारात्मक परिणाम प्राप्त गर्ने संसारको पहिलो हो,’ अध्यक्ष मिशेल सियाले भनेका छन्।
डा. सियाको कम्पनीलाई इभोनेसिमाब विकास गर्न एक दशक लागेको हो। चीनले औषधि नवप्रवर्तनमा उल्लेखनीय प्रगति गरिरहेको छ, नयाँ औषधिहरू विकास भइरहेका छन् र कयौं पाइपलाइनमा छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया