बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा वार्ता भएको छ। करिब ९० मिनेटसम्म भएको टेलिफोन कुराकानीमा ‘खास’ प्रगती हुन नसकेको ह्वाइट हाउसले जनाएको छ।
त्यसअघि साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग भएको वार्तामा युक्रेन ३० दिनका लागि युद्धबिराम गर्न तयार भएको थियो। त्यही प्रस्ताव लिएर अघिल्लो साता ट्रम्पले आफ्ना दूतलाई वार्ताका लागि रुसमा पठाएका थिए। त्यो बेला पुटिनले केही शर्तहरू पठाएका थिए। तर अन्तिम निर्णय दिएका थिएनन्।
ट्रम्पसँग भएको टेलिफोन वार्तामा भने कम्तीमा ३० दिनका लागि युक्रेनका कुनै पनि उर्जा संरचनामा आक्रमण नगर्ने सहमति भएको छ। यो समझदारी युक्रेनले पनि स्वीकार गर्नेछ।
यो बीचमा ब्ल्यक सीमा पानी जहाजहरूको सुरक्षामा पनि ध्यान दिइनेछ।
बुधबारदेखि नै रुस र युक्रेनले बन्दीहरू आदान प्रदान गर्ने पनि बताइएको छ। रुसमा उपचाररत युक्रेनी सैनिकलाई पनि रुसले युक्रेनलाई फिर्ता दिनेछ।
यसलाई ह्वाइट हाउसले भने ‘दीगो शान्तिका लागि एक कदम अघि बढेको’ बताएको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया