बिएल संवाददाता
चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु-पोखरा सिधा उडान सुरु गरेको छ।
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
१२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ। पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायत छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो। उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ। त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया