
एसईई परीक्षामा ‘चिट चोर्न’ प्रयोग भएका ४२४ थान मोबाइल बरामद
परीक्षाको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षाका क्रममा परीक्षाहलमा लगिएको मोबाइल बरामद गरिएको समितिले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए। चेकजाँचका क्रममा मोबाइल फेला परेपछि बरामद गरिएको हो। परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा यमुनामाइ मावि झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र लक्ष्मीनिया मावि मौलापुरबाट एक गरी दुई जनालाई पक्राउ पनि गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।

बिएल संवाददाता - रौतहट