बिएल संवाददाता
युद्ध बिराम सकिएसँगै इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमाथि आक्रमण तीब्र पारेको छ। केही दिनदेखि हवाई आक्रमण गरिरहेको इजरायलले अब स्थल आक्रमणका लागि पनि सैनिक टोली खटाएको छ।
यसअघिका दुई दिन भएका हवाई आक्रमणमा कम्तीमा ४ सय भन्दा बढी प्यालेस्टाइनीहरू मारिएको हमासले जनाएको छ।
इजरायलले अब स्थल र हवाई दुबै आक्रमण तीब्रा पार्ने चेतावनी पनि दिएको छ।
कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमास दुबै युद्धबिरामका लागि तयार भएका थिए। तर यो बीचमा हमासले युद्धबिरामका नियमहरू पालना नगरेको र बन्दीहरू पनि छोडेको भन्दै इजरायले आक्रमण सुरु गरेको हो। मार्च १ देखि पहिलोचरणको युद्ध बिराम सकिएको थियो।
इजरायले अझै हमासको नियन्त्रणमा ५९ जना बन्दी रहको र तीमध्ये २४ जिवित हुनसक्ने बताएको छ।
१८ महिनाअघि हमासले इजरायलमाथि एकाएक आक्रमण गर्दै युद्धको धावा बोलेको थियो। त्यसक्रममा इजरायलमा पढ्दै गरेका दश जना नेपाली विद्यार्थी पनि मारिएका थिए। त्यही बेला हमासले नियन्त्रणमा लिएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया