बिएल संवाददाता
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको अनुगमन गरेका छन्।
बिहीबार मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोली कीर्तिपुर क्रिकेट मैदान पुगेर प्याराफिट निर्माणको अनुगमन गरेका हुन्।
अनुगमन गर्दै मन्त्री सिंहले तीव्र गतिमा काम अगाडि बढिरहेको बताए। उनले नेपाली खेलाडीहरूले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टेडियमहरू ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताए।
उनले भने, ‘बैशाख २४ गतेसम्म काम सक्ने मिति हो। तीव्र रुपमा काम चाँही अगाडि बढिरहेको छ। हाम्रो चाहना चाहीँ बैशाख २४ गते नै यो कन्ट्रयाक सम्पन्न भयो भने अहिले क्रिकेले राम्रो गति लिइरहेको छ। नेपाली खेलाडीहरूले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेको कारणले गर्दा यस्ता स्टडियमहरू ठाउँ-ठाउँमा निर्माण गरेर अघि बढ्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं।’
यसैगरी खेलकुदमन्त्री चौधरीले काम सम्पन्न गर्नको लागि तीन सिफ्टमा गर्नुपर्ने बताए। उनले मुलपानी क्रिकेट मैदानको विकासको लागि पनि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए।
उनले भने, ‘अहिले हामी तीन सिफ्टमा काम गरिरहेका छौं। यसरी तीन सिफ्टमा काम गर्न सकेनौं भने हामीले बैशाख २४ निर्धारित समयमा क्रिकेट ग्राउण्डको काम गर्न सक्दैनौं।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया