बिएल संवाददाता
सांसद इश्वरी घर्तीले कृषकहरूलाई रासायनिक मलको अभाव र कृषि उपजमा अत्यधिक विषादीको प्रयोग भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद घर्तीले कृषि उपजमा अत्यधिक विषादी प्रयाेगले स्वास्थ्यमा गम्भीर असर गरिरहेको र नेपालको कृषि उत्पादन निर्यात हुनै नसक्ने अवस्था रहेको बताइन्।
उनले रासायनिक मल आयात हुने कुरा स्वभाविक भएपनि पछिल्ला वर्षहरूमा भारतबाट गाइवस्तुको गोबरसमेत आयात भइरहेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराइन्। गता आर्थिक वर्षमा भारतले एकै वर्षमा ३ सय ८६ करोड रुपैयाँको गोबर नेपाललगायत अन्य देशहरूमा विक्री गरेको तथ्यांक रहेको उनले बताइन्।
उनले भनिन्, ‘कृषि प्रधान देश नेपालका ग्रामीण भेगमा परम्परागत र शहरका सयाैं हजारौं छाडा पशुचाैपायाकाे व्यवस्थित र व्यवसायिक पालन गरी माटाेकाे उर्वराशक्ति सुधार गर्दै उत्पादन बढाउन मद्दत गर्ने प्राङ्गारिक र जैविक मल उत्पादनबारे सरकारले नीति कार्यक्रममै प्राथमिकतामा राखेर नेपाललाई विषादीरहित कृषि उत्पादनकाे केन्द्र बनाउनेतर्फ सरकार र कृषि मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण गराउँदछु।’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया