बिएल संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले कानुन नै बनाएर पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै विरोध गरेका छन्।
शुक्रबार उनले सामाजिक सञ्जालमार्फत सरकारले ल्याउन लागेको विधेयकप्रति व्यंग्य गरेका हुन्। उनले सरकारलाई पूर्वविशिष्टलाई मृत्युपछि पनि क्रियाकर्म र श्राद्ध गर्न सुविधा व्यवस्था गर्न भन्दै व्यंग्य गरेका छन्।
उनले सरकारलाई थोरै लोकलाज बाँकी भए यस्तो विवादास्पद विधेयकको प्रक्रियाबाट पछि हट्न सुझाव पनि दिएका छन्।
उनले भनेका छन्, ‘पूर्व विशिष्टलाई आजीवन सुविधा दिन कानुन बनाउन लागेको सरकारलाई यो पनि सुझाव छ कि त्यस्तो सुविधा पूर्वविशिष्टका मृत्युपछि क्रियाकर्म, श्राद्ध गर्नसमेत गरी व्यवस्था होस्। बुझ्न नसकेको कुरा पूर्व विशिष्टहरू लोभका भकारी हुन् कि सरकार पूर्व विशिष्टहरूको चाकडीदार? थोरै पनि लोकलाज बाँकी छ भने सरकार यो कानुन बनाउने प्रक्रियाबाट पछि हटोस्।’
सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष, प्रतिनिधि सभाका पूर्व सभामुख र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने तयारी गरेको छ।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया