बिएल संवाददाता
नेपालसहित आठ देशका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आइएमएफ र विश्व बैंक विरुद्धमा आन्दोलनको घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेला गरी उनीहरुले नेपाल, भारत, श्रीलका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आईएमएफ र विश्व बैंकका हानिकारक नीतिहरू बन्द गर्न चैत्र २ र ३ गते आन्दोलन गर्ने नेपालका वरिष्ठ अभिवक्ता पद्म बहादुर श्रेष्ठले दिएका हुन्।
उनले ८५ प्रतिशत भन्दा बढी विश्व जनसंख्या आईएमएफ र विश्व बैंकका कठोर नीतिहरूबाट प्रभावित रहेको भन्दै भने, ‘यसका कठोर नीति तथा खर्च कटौतीका कारण श्रम कानुनहरू कमजोर बनाइएका छन्।
सले महिलाहरूलाई असुरक्षित रोजगारीमा धकेलिरहेको छ। यी संस्थाहरूको तथाकथित ‘लैंगिक रणनीति’ र ‘महिला सशक्तीकरण’ अभियानहरू पूर्णरूपमा असफल साबित भएका छन्।’ इन्डोनेसियाका मुहम्मद रेजा साहिब सेले भने, ‘विश्व बैंकको उद्देश्य विश्व आर्थिक स्थिरता थियो तर आज तिनीहरू बजार–केन्द्रित समाधानमा मात्र केन्द्रित छन्। यसले समानता होइन, झन् असमानता निम्त्याएको छ।’
त्यस्तै एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी सयोजक लिडी नाकपिलले आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको बताइन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया