बिएल संवाददाता
अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘आलोचना’ र ‘अपहेलना’ गरेको भन्दै अमेरिकाले उनलाई अब आफ्नो देशमा ‘स्वागत’ नभएको बताएको छ।
‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत हुने छैन। इब्राहिम रसूल एक जातिवादी नेता हुन्। जसले अमेरिकी राष्ट्रपतिलाई निकै घृणा गरिरहेका छन्’ यसबारे जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा लेखेका छन् ‘उनीसँग फेरि कुनै वार्ता गर्नका लागि अब हामीसँग केही बाँकी छैन। त्यसैले हामीले उनलाई अस्वीकार्य व्यक्ति मानिसकेका छौं।’
फेब्रुअरीमा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकाका लागि सबै सहायताहरूमा रोक लगाइदिएका थिए। त्यसपछि उनले दक्षिण अफ्रिकाका किसान परिवारलाई अमेरिका ‘स्वागत’ गर्न तयार भएको भन्दै उनीहरूलाई अमेरिका सर्न आह्वान पनि गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया