बिएल संवाददाता
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवम कांग्रेस नेता डा. केदारनरसिंह केसीले आफूले सरकारको जग्गा एक इन्च समेत प्रयोग नगरेको दाबी गरेका छन्।
तारकेश्वर नगरपालिका-९, मनमैजुस्थित लोकतान्त्रिक चोकको जग्गा हड्पेको भन्दै संसदमा प्रश्न उठेपछि उनले शनिबार पत्रकार सम्मेलन गर्दै सरकारी जग्गा केदारनरसिंहले कब्जा गर्यो भनेर अफवाह फैलाइएको पनि बताए।
उनले भने, ‘मलाई सरकारको जग्गा एक इन्च पनि चाहिँदैन। यसरी आरोप लगाउँदैमा म डराएर बस्नेमा पर्दिन। तर, सहयोग, समन्वय, सद्भावको लागि सधैं तयार छु। सरकारी जग्गा केदारनरसिंहले कब्जा गर्यो भनेर अफवाह फैलाइयो। बास्तवमा यो दुर्भाग्यपूर्ण र अत्यन्त संवेदनशील छ। संविधान सभाका युवा साथीहरूले सत्यतथ्य नबुझी जुन अभिव्यक्ति दिनुभयो त्यो वास्तवमै युवाहरूकै लागि कंलक हो। अथवा युवाहरूको लागि अत्यन्तै दुर्भाग्य हो। किनभने जानीबुझी मात्र अभिव्यक्ति दिनुपर्छ।’
साथै उनले ६२ नम्बर कित्ताको जग्गा मालपोत कार्यालयले नै आफ्नो नाममा रहेको क्लियर समेत गरिसकेको बताए। उनले ६३ नम्बर कित्ताको जग्गा सरकारको नाममा ६२ र ६१ कित्ताको जग्गा श्रीमती र आफ्नो नाममा रहेको बताए।
उनले भने, ‘६२ नम्बर कित्ताको जग्गामा मालपोत कार्यालय क्लियर छ। जो मेरो नाममा छ। तर ६३ नम्बर कित्ताको जग्गा सरकारको नाममा छ। यो पनि क्लियर छ। ६१ नम्बरको कित्ता मेरो श्रीमतीको नाममा छ। ६१ कित्ताको जग्गामा तीन आना दुई पैसा दाम छ। मालपोतले केही जग्गा स्क्वायरफिट सट्टापट्टा गरेको हो। जसमा मेरो श्रीमतीको नामको ६१ नम्बरको कित्ताबाट केही जग्गा सार्वजनिकमा हालेर अर्थात सडकमा हालेर ६२ नम्बर कित्ता मेरो नाममा हालेको हो।’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया