बिएल संवाददाता
राप्रपा सांसद दिपकबहादुर सिंहले सांसद ज्ञानबहादुर शाहीमाथि एमाले सांसद रघुजी पन्तले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सांसद पन्तले शाहीमाथि मिस्टर, तपाईं, तिमीजस्ता शब्द प्रयोग गरेको भन्दै सचेत गराउन माग गरेका हुन्।
सांसद सिंहले शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि माग गरे।
उनले भने, ‘हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर माननीय सांसद जुम्लाका ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानी भयो। तिमी र तपाईं मिस्टर भनेर सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा बढी मतले जित्नु भएको हो। संसदमा मर्यादाहिन तरिकाले पेस हुनु गैरजिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ। ती सांसदलाई सचेत हुनको लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु,’ उनले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया