बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले एमाले सांसद रघुजी पन्तलाई जवाफ फर्काएका छन्।
उनले आफू जुम्लाबाट ‘हाहा होहो’ गरेर नभइ नभएर जनताबाट प्रत्यक्ष चुनाव जितेर आएको बताएका हुन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले शाहीलाई आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन र जम्लामा हाहा होहो गरेजस्तो नगर्न चेतावनी दिएका थिए।
पन्तलाई जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको बताएका हुन्। शाहीले आफू पन्तले जसरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर नआएको पनि बताएका छन्।
शाही भन्छन्, ‘जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया