बिएल संवाददाता
जो बाइडनका पालामा भित्र्याइएका पाँच लाख आप्रवासीहरूलाई ह्वाइट हाउसले अमेरिका छोड्न भनेको छ। खासगरी क्यूबा, हाइटी, निकारागुवा तथा भेनेएजुलाका पाँच लाख ३० हजार आप्रवासीलाई अमेरिकाले डिपोर्ट गर्नुअघि नै आफै देश छोड्न भनेको हो।
एउटा परियोजना लागु गरेर उनीहरूले बाइडनले अमेरिका भित्र्याएका थिए। ट्रम्प प्रशासनले भने उनीहरू सबैको बाँकी भिसा रद्द गरिएको जानकारी दिँदै जतिसक्दो चाँडै अमेरिका छोड्न भनेको हो।
बाइडनले आप्रवासीहरू भित्र्याउनका लागि लागु गरेको सीएचएनबी परियोजना खारेज गर्दै डोनाल्ड ट्रम्पले त्यो परियोजनामा आएका सबैलाई अमेरिका निकाला गर्ने भएका हुन्।
सन् २०२२ मा सुरु भएको यो कार्यक्रममा सुरुमा भेनेएजुला थियो। पछि अरु पनि देशहरू जोडिएका थिए। यसअघि नै कार्यकाल सम्हालेसँगै ट्रम्पले लाखौं आप्रवासीहरूको सूची सार्वजनिक गरेर उनीहरूलाई डिपोर्ट गर्न आदेश दिइसकेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया