बिएल संवाददाता
जो बाइडनका पालामा भित्र्याइएका पाँच लाख आप्रवासीहरूलाई ह्वाइट हाउसले अमेरिका छोड्न भनेको छ। खासगरी क्यूबा, हाइटी, निकारागुवा तथा भेनेएजुलाका पाँच लाख ३० हजार आप्रवासीलाई अमेरिकाले डिपोर्ट गर्नुअघि नै आफै देश छोड्न भनेको हो।
एउटा परियोजना लागु गरेर उनीहरूले बाइडनले अमेरिका भित्र्याएका थिए। ट्रम्प प्रशासनले भने उनीहरू सबैको बाँकी भिसा रद्द गरिएको जानकारी दिँदै जतिसक्दो चाँडै अमेरिका छोड्न भनेको हो।
बाइडनले आप्रवासीहरू भित्र्याउनका लागि लागु गरेको सीएचएनबी परियोजना खारेज गर्दै डोनाल्ड ट्रम्पले त्यो परियोजनामा आएका सबैलाई अमेरिका निकाला गर्ने भएका हुन्।
सन् २०२२ मा सुरु भएको यो कार्यक्रममा सुरुमा भेनेएजुला थियो। पछि अरु पनि देशहरू जोडिएका थिए। यसअघि नै कार्यकाल सम्हालेसँगै ट्रम्पले लाखौं आप्रवासीहरूको सूची सार्वजनिक गरेर उनीहरूलाई डिपोर्ट गर्न आदेश दिइसकेका थिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया