बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका व्यक्तिहरूले ह्विल चेयरमा चढेर आन्दोलन गरेर बिदा गरेको राजसंस्था रथ चढेर फिर्ता हुने आशामा रहेको टिप्पणी गरेका छन्।
शुक्रबार कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राजतन्त्र अब फर्किन नसक्ने दाबी गरे।
‘हामीले, हाम्रा अपाङ्गता भएका साथीहरूको अगुवाइमा दरबारमार्गको सडकमा ह्वील चेयरमा बसेर बिदा गरेको राजतन्त्र रथ चढेर फिर्ता हुने आशमा छ, अब त्यो सम्भव छैन भन्ने सन्देश दिनुहोला,’ शर्माले भने।
उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गणतन्त्र पक्षधर विद्यार्थी संगठनले प्राप्त गरेको मतले पनि गणतन्त्र पक्षधरताको अवस्था देखाएको बताए।
महामन्त्री शर्माले कांग्रेसको महाधिवेशन विधानले निदृष्ट गरे अनुसार नै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे।
‘काग्रेसको विधानले गरे अनुसार नै महाधिवेशन हुन्छ, त्यसमा कुनै शंका गर्नु पर्दैन, २०८४ सम्म अधिवेशन नहोलाकी भन्ने केहीलाई लागेको छ, त्यस्तो हुन्न,’ शर्माले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया