बिएल संवाददाता
राजसंस्थाको पक्ष र विपक्षमा आन्दोलनहरू चर्किन थालेपछि सुरक्षा संयन्त्र पनि चनाखो भएको छ। खासगरी यी आन्दोलन लक्षित रणनीतिका साथ देशका तिनै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको छ।
चैत १५ गते दुवै पक्षले आन्दोलनको घोषणा गरेका छन्। दिनदिनैजसो राजसंस्थाको माग गर्दै देशभरि आन्दोलन बढ्न थालेपछि गणतन्त्रवादीहरूले पनि आन्दोलन घोषणा गरेका हुन्।
दुबै पक्षले काठमाडौं केन्द्रित गरेर आन्दोलनको घोषणा गरेपछि केही दिन राजधानी अस्तव्यस्त नै हुनेछ। चैत १५ मा राजावादीहरूले काठमाडौंमा प्रदर्शन र सभाहरू गर्ने घोषणा गरेका थिए। त्यसपछि समाजवादी मोर्चामा आवद्ध नेकपा माओवदी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादीले पनि प्रदर्शनको घोषणा गरेका हुन्।
उनीहरूले भृकुटीमण्डपमा प्रदर्शन गर्न अनुमति दिइएको छ। भने दुर्गा प्रसाईं तथा नवराज सुवेदीहरूले नेतृत्व गर्ने प्रदर्शनका लागि तीन कुनेको खाली चउरलाई तोकिएको छ।
राप्रपाका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा राजावादीहरूले छुट्टै मोर्चा बनाएका छन्। राप्रपाका नेताहरूदेखि थुप्रै धार्मिक अभियान्ताहरू छन्। दुर्गा प्रसाईंले भने छुट्टै आन्दोलन चलाइरहेका छन्। यद्यपि १५ गते राजावादीहरूको आन्दोलन भने प्रसाईं र सुवेदी दुबैले गर्ने सहमति भएको छ।
यी आन्दोलनहरूबाट राप्रपा भने अलि अलग भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले चैत २६ गते आन्दोलनको घोषणा गरेको छ। त्यसपछि वैशाख १० गतेदेखि निरन्तर आन्दोलन गरिरहने निर्णय पनि राप्रपाले लिएको छ। त्यसअघि पछि राजसंस्थाको पक्षमा हुने सबै ‘शान्तिपूर्ण’ आन्दोलनमा साथ र सहयोग गर्ने नीति पनि राप्रपाले अख्तियार गरेको छ।
यद्यपि राप्रपाभित्रका सबै पुराना नेताहरू तथा अहिलेका महामन्त्री डा. धवल समशेर रणा, उपाध्यक्ष रविन्द्र मिश्रलगायत धेरै पदाधिकारीहरू नवराज सुवेदीको नेतृत्वमा गएका छन्।
राजावादीहरूविरुद्ध सत्तारुण नेकपा एमालेले पनि आन्दोलनको घोषणा गरेको छ। चैत ११ गतेदेखि वडास्तर हुँदै राजधानी केन्द्रित आन्दोलनको नीति एमालेले लिएको छ। यसलाई भने एमालेले जनसचेतना अभियान भनेर घोषणा गरेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया