बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्।
यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौँ शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जान लागेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए।
सोमबार विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण पनि स्वीकृत गरेको थियो।
यसैबीच प्रधानमन्त्री ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन।
थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिमिमण्डल यही चैत चैत १९ गते बैँकक प्रस्थान गर्ने कार्यतालिका छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया